चितवन विशेष

मेट्स इन्टरनेशनलको एजुकेशन फेयर सम्पन्न,३ सय बढि विद्यार्थी सहभागि

Banner

चितवन,जेठ ४-

उच्च शिक्षा अध्ययनका लागि विभिन्न देशमा अध्ययन गर्न जान चाहने बिद्यार्थीहरुका लागि मेटस इन्टरनेशनल एजुकेशन एण्ड भिसा सभिसेजले ‘मेट्स इन्टरनेशनल एजुकेसन फेयर -२०२४ कार्यक्रम सम्पन्न गरेको छ । बिशेष गरि युएसए, युके, अष्ट्रेलिया, क्यानडा, न्युजिल्याण्ड ,आयरल्याण्ड, डेनमार्क लगायतका मूलुकहरुमा अध्ययन गर्न जान चाहेका बिद्यार्थीहरुका लागि सम्बन्धित देशका बिभिन्न २५ भन्दा बढी युनिभर्सिटी तथा कलेजका प्रतिनिधिहरुले काउन्सिलिङ गरेका थिए। बिभिन्न तीन वटा बैंकका क्रेडिट अफिसरको समेत उपस्थिति रहेको सो कार्यक्रममा सहभागी ३०४ जना बिद्यार्थी तथा अभिभावकहरुले बिबिध बिषयका बारेमा अन्तरकृया गरेका थिए । मेट्स इन्टरनेशनलले नेपाल लगायत भारत, अष्ट्रेलिया, लाओस, फिजि, फिलिपिन्स आदि देशहरुमा पनि बिद्यार्थीहरुलाई सेवा दिदै आइरहेको छ भने नेपालका मुख्य स्थानहरु काठमाडौं, चितवन, पोखरा, बुटवल, कपिलबस्तुमा पनि आफ्ना शाखाहरु संचालनमा छन ।

कार्यक्रममा सहभागी भएका बिद्यार्थीहरुलाई आइएलटिएस र पिटिई मा ५०% देखि शतप्रतिसत सम्मको छुटको ब्यबस्था गरिएको थियो। बिहान ११ बजे देखि अपरान्ह ५ बजे सम्म संचालन भएको सो कार्यकममा बिशेष गरि प्लस टु दिएका बिद्यार्थी लगायत ब्याचलर्स र मास्टर्स अध्ययन गरेका बिद्यार्थीहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरु मध्य १०३ जना बिद्यार्थीहरुले ५०% छुट सहित आइएलटिएस तथा पिटीईमा भर्ना समेत भएका थिए। साथै बिद्यार्थीहरुले कार्यक्रम अत्यन्त प्रभावकारी रहेको र कुन देशमा अध्ययन गर्न जाने तथा कुन युनिभर्सटीरकलेज चयन गर्ने बिषयमा सहज भएको प्रतिकृया दिए।

मेट्सले डेढ दशकदेखि चितवनमा अभिभावक एवम बिद्यार्थीहरुलाई शैक्षिक परामर्श प्रदान गर्दै बिभिन्न मुलूकहरुमा अध्ययन गर्न जान चाहने बिद्यार्थीहरुका लागि डकुमेन्टेसन देखि प्रोसेसिङ्गको कार्य सफलतापूर्वक गर्दै आइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>