देश/प्रदेश

प्रेस चौतारी नेपालको वाग्मती प्रदेश भेला सम्पन्न, १९ बुँदे प्रस्ताव पारित

Banner

चितवन, फागुन २९-

नेपाल कम्युनिस्ट पार्टी विघटन भएर नेकपा एमाले पुर्नस्थापित भएपछि आज काठमाडौँमा सम्पन्न भएको प्रेस चौतारीको वाग्मती प्रदेश भेलाले १९ बुँदे प्रस्ताव पारित गरेको छ ।

प्रेस चौतारी नेपालले जारी गरेको घोषणापत्रमा मातृ संस्था नेकपा एमालेको नीति सिद्धान्तलाई आत्मसात गर्दै जनताको बहुदलीय जनवादलाई जनमानसमा पु¥याई वर्तमान राजनीतिक निकासका लागि पार्टीले लिएको कार्यनीतिलाई सञ्चारमाध्यम मार्फत आम सर्वसाधरणमा पु¥याउन भेलाले प्रतिबद्धता व्यक्त गरेको छ । त्यसैगरी नेकपा एमालेले लिएको राष्ट्रियता, राष्ट्रिय स्वाधिनता, राष्ट्रिय अखण्डता, देशको हित अनुकुल रहेको प्रेस चौतारीले भेलामा ठहर गरेको छ । हाम्रो मिचिएको सिमाना देशको नक्सामा समेट्न नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले लिएको भूमिकाको उच्च प्रशंसा पनि भेलाले गरेको छ ।

शान्तिपूर्ण राजनीतिको मूलधारबाट बाहिर रहेका देशभित्रका राजनीतिक शक्तिहरुलाई शान्तिपूर्ण राजनीतिक मूलधारमा ल्याउन नेकपा एमालेको नेतृत्वले खेलेको भूमिका प्रशंसनीय रहेकोमा भेलाले धन्यवाद पनि दिएको छ । भेलाले प्रेस पास वितरण समेत जिल्ला तहबाटै हुने व्यवस्था मिलाउन आग्रह पनि गरेको छ ।

त्यस्तै सञ्चारकर्मीहरुको दक्षता अभिवृद्धिका लागि राष्ट्रिय आमसञ्चार नीति २०७३ ले व्यवस्था गरे बमोजिम आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन गर्न भेलाले माग गरेको छ । पत्रकार आचार संहिताको पूर्ण परिपालनाका लागि पत्रकार र सञ्चारगृहहरुलाई भेलाले हार्दिक आग्रह पनि गरेको छ ।

प्रेस चौतारीको भेलाले द्वारिका काफ्लेको संयोजनमा प्रस्ताव लेखन समिति गठन गरेको थियो जसको सदस्यमा चितवनका पत्रकार कृष्ण गिरी र प्रतिमा सिलवाल सदस्य थिए भने अन्य सदस्यमा चिरञ्जीवी मास्के, प्रकाश सिलवाल, बालकृष्ण अधिकारी, प्रतिमा सिलवाल र निता राउत रहेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>