Breaking News

नारी दिवस: बालिकाको खै अधिकार ?

Banner

मनिका विश्वकर्मा,

चितवन, फागुन २४ –

नारी दिवसको अवसरमा गोष्ठी, समारोह, भेला इत्यादि गरेर मनाईएको देखिन्छ । महिलालाई के चेतना मात्रै दिएर पुग्छ ? भाषणमा मात्र सिमित भएर महिला हिंसा रोक्नुपर्छ भनेर रोकिन्छ ? महिलाका अधिकारका मात्रै कुरा गरेर महिला अधिकारको सुनिश्चित गरेको छ की छैन ? गोष्ठीमा किन पिडित महिला हुदैंनन् ? किन उनीहरु बाहिर आउन सकेका छैनन् ? न्याय पक्षमा कुरा गर्ने महिलाहरुले न्याय दिलाउन के–के साथ सहयोग गरे? जति मञ्चमा महिला उत्पीडनको कुरा गर्छन त्यसरी नै स्थानिय सरकार, प्रहरी कार्यालय, अदालतमा किन महिला अधिकारका बारेमा कुरा राख्न सक्दैनन् ? महिलाको अवस्था, पिडित महिलाको पुनस्थापना, उनीहरुको जीवनमा परिर्वतन ल्याउनको लागि गर्नुपर्ने कामहरु गरे मात्रै महिला दिवस मनाइएको मानिन्छ ।

आज महिला दिवस अर्थात महिलाहरुको हक, अधिकारको लागि लड्ने दिन तर विडम्बना महिला दिवसको दिन नै पिडित बालिकाहरु ती घटना भुल्न सकिरहेको छैनन् । बिर्सन खोज्दा पनि समाजले याद दिलाईदिन्छन् ।

नाम परिवर्तित कोहिल । उनको उमेर अहिले १४ वर्ष भएको छ । उनी २ वर्ष सम्म बलात्कारको शिकार बन्नुप¥यो । १२ र १३ वर्षको उमेरमा उनलाई चार जना चिनेका र नचिनेकाहरुले करणी गरे । त्यो समय पनि महिला दिवस मनाइन्थ्यो । नारीवादीहरु ठुला ठुला कुराहरु गरेर सेमिनार, गोष्ठी गर्थे । व्यानरसहित सडकमा महिला हिंसा बन्द गर भन्दै आन्दोलन गरेर हिड्र्थे । कोहिल पनि त्यही समुदायको नै हुन् । जनप्रतिनिधिको घर नजिकै नै उनको घर छ । अन्य जिल्ला भन्दा चितवनलाई त अझै साक्षरता भएको जिल्ला भनेर चिनिन्छ तर त्यो ब्यवहारमा लागु हुन सकिरहेको छैन् ।

वडा दशैको दिन समाजको भाषामा भन्दा खेरी यो दिन नवदुर्गा भवानीलाई विशेष मान सम्मान गरेर मनाईन्छ । यी दिनहरुमा नारीहरुको सम्मान गर्नुपर्छ भन्ने गरिएको छ । तर दशैंको नै दिन कोहिल पनि आफ्नो मामा पर्नेको घरमा टिका लगाउन पुग्छिन् । उनलाई हजुरआमा, हजुरबुबाले सधैं हासीखुशी हुनु भन्दै २० रुपैया दक्षिणा दिदै कोहिलको कपालमा जमरा लगाईदिन्छन् । मामा पर्ने चाही पर झ्यालमा बसेर कोहिललाई हेर्दै मुसुमुसु हास्दै हुन्छन् । टिका लगाईसकेपछि मामा पर्नेले कोहीललाई आफ्नो कोठामा लैजान्छन् । १२ वर्र्षीय कोहिललाई पनि किन लगेको भन्ने थाहा हुदैन । कोहिललाई मामा पर्नेले कपडा खोल्न लगाउँछन् । उनले लाज लाग्छ मामा खोल्दिन कपडा भन्दा पनि मामाले उनलाई केही हुदैन भन्छन् र कपडा सबै खोल्न लगाउन्छन् । त्यसपछि उनले कोहिललाई करणी गर्छन् । सानी बच्चि कोहिललाई मामाले मलाई के गर्नुभयो होला भन्ने थाहा हुदैन् । निम्न वर्गीय परिवारकी कोहिल परिवारकी माहिली छोरी हुन् । उनका ५ जना दिदीबहिनी छन् । उनले मामाले गरेको त्यसबारे परिवारलाई भन्न पनि सक्दिनर्थिन् । त्यो घटना भएको केही दिनपछि उनलाई मामाले एउटा मोबाईल फोन किनेर ल्याईदिन्छन् । त्यसपछि मामाले उनलाई पटक पटक करणी गर्छन् । कोहिललाई पहिला मामाले फकाएर करणी गर्छन् भने पछि डर, त्रास, धम्की दिएर करणी गर्छन् ।

त्यसलगत्तै कोहिललाई मामाले पटक पटक करणी त गर्छ नै उनले अन्य साथीहरुलाई भनेर करणी गर्न लगाउँछन् । मामाको साथीले कोहिललाई ट्रकमा धम्की दिएर विभिन्न स्थानहरुमा लगेर करणी गर्छन् ।

त्यस लगत्तै कोहिललाई घासँ काट्ने क्रममा दुई युवकले पनि करणी गर्छन् । कोहिल महिनावरी नभएपछि उनको पेट पनि ठुलो हुदैँ गएपछि परिवारले स्वास्थ्य चौकीमा लैजान्छन् । स्वास्थ्य चौकीबाट कोहिल गर्भवती भएको कुरा थाहा भएपछि सोधपुछको क्रममा कोहिललाई चार युवकले करणी गरेको जानकारी हुन्छ । परिवारमा कोहिलको जेठी दिदी पढेको भएर नै उनीहरुले न्याय पाउन सजिलो भयो । कोहिलको परिवारले प्रहरी कार्यालयमा जाहेरी दिँदा गाँउका वडा अध्यक्षले मिलापत्रमा जानुपर्छ भनेर धेरै अनुरोध पनि गरेको कोहिलको दिदि भन्छिन्र्, बारम्बार आमा बाबालाई केटाहरु जेल बाहिर निस्केपछि जे पनि गर्न सक्छन भनेर मिलापत्रमा जान गाँउका केही व्यक्तिहरु आएर भन्र्थे । तर मैले हुदैन यदी तपाईको छोरीलाई यस्तो भएको भए के तपाईहरु पनि यसै भन्नुहुन्थ्यो भनेर हप्काईदिन्र्थे ।’

भाईबहिनीहरु पनि सानसानै रहेको र परिवारको आडभरोसा आफु नै रहेको कोहिलको दिदीले बताइन् । अदालतमा मुद्दा लड्दा गाँउका एक जना छिमेकी र महिला अधिकारकर्मी मिना खरेलको मात्रै साथ सहयोग भएको उनले जानकारी दिइन् । उनीहरुको सरकारी वकिलले मुद्दा हेरिदिएका हुन् ।

त्यसपछि कोहिलको बाबु र आमाले जाहेरी दिएपछि चार जना मध्ये दुई जनालाई प्रहरीले पक्राउ गरे । भने दुई जना अझ फरार रहेका छन् । पक्राउ परेका दुवै युवकलाई अदालतमा मुद्दा पनि चलाइयो । न्यायधिस हेमन्त रावलको इजलासमा दुई युवकलाई १८ वर्ष ६ महिना कैद र जनही २५ हजार क्षतिपुर्तिको फैसला गरेको छ । पिडकहरुको आर्थिक अवस्था पनि कमजोर भएकोले उनीहरुको अवस्था हेरेर जरिवाना गरेको अदालतले जनाएको छ । दुई युवकलाई अदालतले मुलुकी अपराध संहिता दफा ११९(१)(२)(३)(ख) र २१९ (७) बमोजिम सजाय दिएको हो ।

घटनापछिको कोहिलको अवस्था

पिडकको घर एकै ठाँउमा भएको कारण कोहिल घरमा बस्न नसकेर घरभाडामा बस्न बाध्य भएकी छिन् । ८ महिनामा नै बच्चा जन्मिएकोले कोहिलको बच्चा एक महिना भन्दा बढी बाच्न सकेन । अदालतले फैसला गरेको धेरै दिन बितिसक्दा पनि कोहिलले क्षतिपुर्ति पाउन सकेकी छैन । पढ्ने खेल्ने उमेरमा कोहिललाई एक त बच्चा गुमाउनु परेको पिडा नै छदैछ त उनको जीवनमा भईरहेको घटनालाई देखेर उनी धेरै पिडित छिन् । चिकित्सकले कोहिलको स्वास्थ्य अवस्थामा असर पुग्ने भनेपछि उनले बच्चा जन्माउनु परेको थियो । उनको शिशुलाई एक हप्ता त आइसियुमा नै राखिएको थियो । केही दिन उनी दाईभाउजु संगै बजारमा कोठाभाडामा बस्थिन् ।

कोहिलको स्याहार सुसार कम भएपछि उनको आमाले गाँउमा लगिन् । तर गाँउमा लगेपछि कोहिललाई चरित्रहिन केटी भनेर गाली, गलैच, नराम्रा कुराहरु काट्न थाले । त्यसपछि कोहिल बजारमा दिदीसंगै कोठामा बस्छिन् । दिदीको पनि पढाई नसकिएकोले जागिर गर्न नपाएको बताउँछिन् । बहिनी घटना भएपछि केही महिना त डिपरेशनमा गएकी थिइन् । ६ कक्षा पढ्दै गरेकी बहिनीले त्यो घटनाले नै गर्दा स्कुल जान सकेकी छैन । कोहिलको दिदीले भनिन् ’ उनीहरुलाई स्थानिय सरकार अर्थात कुनै व्यक्ति विशेषले साथ गरेका छैनन् ।

अहिले उनीहरुले कोठा भाडा पनि तिर्ने पैसा नभएको बताउँछन् । उनीहरुलाई अहिले पुर्नःस्थापना केन्द्रबाट साथ सहयोग आईरहेको छ । कोहिलले पनि अहिले मुस्काउने कोसिस गर्दै छिन् । अब कोहिललाई अर्को वर्षबाट विद्यालय भर्ना गरिदिने कोहिलको दिदीले बताइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>