राजनीति

प्रधानमन्त्री हुने मेरो चाहना छैनः देउवा

Banner

काठमाडौं,फागुन २२-

नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले आफूलाई प्रधानमन्त्री हुने कुनै चाहना नरहेको बताएका छन्। नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरद्वारा लिखित ‘महाकाण्ड’ पुस्तकको शनिबार बिहान आफ्नै निवासमा विमोचन गर्दै सभापति देउवाले आफू प्रधानमन्त्रीको दौडमा नहरेको बताएका हुन्।

सभापति देउवाले प्रमुख प्रतिपक्षी भनेको ‘वेइटिङ प्राइममिनिस्टर’ भएको बताए। ‘म प्रधानमन्त्री हुने रेसमै छैन। प्रधानमन्त्री हुन चाहेको पनि छैन’, सभापति देउवाले भने, ‘विपक्षी दलको नेता प्राइममिनिस्टर इन वेइटिङ हो। तर मलाई प्रधानमन्त्री हुने चाहना पनि छैन।’ उनले देउवा प्रधानमन्त्री बन्दै छ भन्ने कुराको पछाडि नलाग्न आग्रह गरे।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपाका दुवै समूहले सभापति देउवालाई प्रधानमन्त्री बनिदिनआग्रह गरेका बेला उनले यस्तो प्रतिक्रिया दिएका हुन्। सभापति देउवाले नेकपाभित्रको आन्तरिक किचलोमा आफू फस्न नचाहेको बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>