राजनीति

नेकपाको संसदीय दलको बैठकमा बामदेव गौतम नजाने

Banner

काठमाडौं,फागुन २२-

नेकपा ओली समूहले बोलाएको बैठकमा बामदेव गौतम सहभागी नहुने भएका छन् । शुक्रबार प्रधानमन्त्री केपी ओली स्वयं गौतम निवास पुगी संसदीय दलको बैठकमा सहभागी हुन आग्रह गरेका थिए । गौतमलाई भेट्न ओली सुवास नेम्वाङ, मन्त्री तथा सल्लाहकारसहित गौतम निवास पुगेका थिए । गौतम राष्ट्रियसभाका सांसद हुन् ।

ओलीको आग्रहपछि पनि गौतम बैठकमा सहभागी नहुने भएका हुन् । नेकपा विभाजित हुँदा उनी कुनै समूहमा पनि लागेका छैनन् । उनी नेकपा एकता अभियानमा लागेका छन् । नेकपा ओली समूहको संसदीय दलको बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा सो समूहको संसदीय दलको बैठक बस्न लागेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>