देश/प्रदेश
भूमिगत जल पुनःभरण परियोजना हस्तान्तरण

काठमाडौं, फागुन १७–
वाटर एड नेपाल र कोका कोला फाउन्डेसनको सहयोगमा, एकीकृत शहरी विकास केन्द्रले आकाशे पानी सङ्कलन तथा भूमिगत जल पुनःभरण परियोजना नेपाली सेनाको श्री राजदल गण हाताभित्र हस्तान्तरण गरेको छ । जनवरी २०२० मा शुरु भएको यस सहकार्यात्मक परियोजना, ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनको उपस्थितिमा एक समारोहकाबीच राज दल पाटन ब्यारेकमा हस्तान्तरण गरिएको हो ।
पाटन शहरको उच्च स्थानमा अवस्थित, लगनखेल क्षेत्र एउटा प्राकृतिक पुनः भरण क्षेत्र हो, जहाँ भूमिगत जल पुनः भरण हुन्छ । जसले सामुदायिक इनार र ढुङ्गे धारामा पानीको आपूर्ति गर्दछ । यो परियोजना लगनखेल तथा यसका वरपरका क्षेत्रहरूमा भूमिगत जलको पुनः भरण गर्ने गरी र यस प्रविधिलाई अझ व्यापक समुदायहरू माझ प्रदर्शन गर्ने लक्ष्य राखेर सञ्चालनमा ल्याइएको छ ।
ब्यारेकको परिसरभित्र ५१ वटा फिल्टर च्याम्बरहरू सहितको ५१ पुनः भरण इनारहरू निर्माण गरिएका थिए । यी इनारहरू मार्फत सम्भाव्य जल पुनः भरणको अपेक्षित वार्षिक परिमाण ५ करोड १० लाख लिटर रहेको छ । यसका अतिरिक्त सतहमा बग्ने पानीबाट थिगर तथा बालुवा हटाउनका लागि, यस क्षेत्रमा फोहर पानी ल्याउन सक्ने ठाउँहरूमा तिन वटा थिगर (सिल्ट) हटाउने बेसिनहरूको पनि निर्माण गरिएको थियो । भूमिगत जलको पुन भरण सम्बन्धी पहलकदमीको कार्यकुशलता प्रदर्शन गर्नका लागि एउटा वर्षा बगैँचाको निर्माण पनि गरिएको छ ।
साथसाथै, स्थानीय निकायहरू, नागरिक समाज सङ्गठन तथा शैक्षिक संस्थाहरूलाई संलग्न गर्दै भूमिगत जल पुनः भरण सम्बन्धी प्रेरणामूलक तथा सचेतनामूलक कार्यक्रमहरू अझ व्यापक समुदायहरूमा सञ्चालन गरिएका थिए ।
काठमाडौं उपत्यकामा पानीका प्रमुख स्रोतहरू मध्ये भूमिगत जल एउटा स्रोत हो । घरपरिवारमा रहेका तथा समुदायमा रहेका इनार मार्फत र ढुङ्गे धारा र पानीका मुहानहरू मार्फत भूमिगत जल निकालिन्छ । हरेक मनसुनमा भूमिगत जल छिद्र रहेका माटोको सतह तथा पोखरीहरूमा भुईँमुनि वर्षातको पानी पस्दा प्राकृतिक रूपमा भूमिगत जल पुनः भरण हुन्छ ।
ललितपुर महानगरका मेयर चिरी बाबु महर्जनले भने उहा यस कार्यक्रममा उपस्थित हुन पाउनु भएको खुशी व्यक्त गर्नु भयो । उहाले एकीकृत शहरी विकास केन्द«, वाटरएड नेपाल, कोका कोला फाउन्डेसन र राज दल सेना ब्यारेकलाई आकाशे पानी सङ्कलन तथा भूमिगत जल पुनः भरण परियोजना संचालन गरेकोमा धन्यबाद दिनु भयो ।
























