Breaking News
पश्चिमतर्फ बसाइँ सरे चितवन राष्ट्रिय निकुञ्जका गैँडा, घाँस र पानीको खोजी

चितवन, फागुन १७-
चितवन राष्ट्रिय निकुञ्जका गैँडा उचित बासस्थानको खोजी गर्दै पश्चिमतर्फ केन्द्रित भएका छन् ।
निकुञ्जको पश्चिमी क्षेत्रमा ७० प्रतिशत बढी गैँडा केन्द्रित भएका हुन् ।
पूर्वी क्षेत्रमा बासस्थानमा खलल आउन थालेपछि उचित घाँसे मैदान र पानीको स्रोतको खोजी गर्दै गैँडा पश्चिमी क्षेत्रमा केन्द्रित भएका हुन् ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार पूर्वी क्षेत्रमा रहेको राप्ती नदीको पानी धेरै ठाउँबाट सिँचाइका लागि लैजाँदा पानीको अभाव हुने गरेको छ । उनले भने, ‘राप्ती नदीमा पानीको स्रोत कम हुँदा नदी आसपासमा घाँसे मैदान प्रभावित बनेको छ ।’ पानीको अभावमा आहालका लागि पानी कम छ भने सुख्खा भएर घाँस उम्रिन पाएको छैन । राप्तीमा पानी कम हुँदा निकुञ्जभित्रका घोलमा पानीको मात्रा कमी आएको उनले बताए । राप्ती नदीले बगाएर ल्याएका बालुवा तथा कंक्रिटले समथर निकुञ्जका भाग पुरिँदा पनि घाँसे मैदान मासिएको पाइन्छ ।
उता पश्चिमी क्षेत्रमा भने नारायणी नदीले बनाएका भंगालामा प्रशस्त पानी र घाँसे मैदान बनेपछि गैँडा रमाउने गरेका छन् । पूर्वी क्षेत्रमा बस्तीमा आउनबाट रोक्नका लागि बनाइएका पक्की संरचनाले गैँडा नदी वारपार गरी रमाउन नपाउने गरेको बरालको भनाइ छ । पूर्वमा रमाउन नसकेपछि विभिन्न तरिकाले गैँडा पश्चिम पुग्ने गरेका छन् । उनका अनुसार वर्षाको बाढीले बगाएर गैँडा पश्चिम क्षेत्रसमेत पुग्ने गरेका छन् ।
केही वर्षअघि यसै निकुञ्जबाट राप्ती र नारायणी नदीले बगाएर भारत पु¥याएका १० गैँडा जीवितै उद्धार गरी ल्याइएको थियो । अझै केही गैँडा भारतीय क्षेत्रमा रहेको अनुमान गरिएको छ । यसरी नै वर्षातको समयमा पूर्वका गैँडा बगाएर पश्चिम पु¥याउने गर्दछ । त्यहाँ पुगेपछि पर्याप्त खाना, पानी पाएपछि गैँडा पश्चिममै बस्ने गरेका छन् । कतिपय गैँडा आफैँ पनि पश्चिमतर्फ जाने गरेका छन् ।
निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार निकुञ्जको कार्यालय कसरालाई आधार मानेर पूर्व र पश्चिम भन्ने गरिन्छ । पछिल्लो समय पूर्वी सेक्टरमा पानीका पोखरी र घाँसे मैदान व्यवस्थापनमा जोड दिइएको छ । उहाँले चैतमा गैँडा गणनापछि आन्तरिकरुपमा स्थानान्तरण गर्नुपर्ने विषयमा छलफल भइरहेको जानकारी दिए ।
उनले भने, ‘पश्चिममा धेरै देखिए पूर्वमा स्थानान्तरण गर्नुपर्छ ।’ पश्चिममा बासस्थान सानो र गैँडाको संख्या धेरै भएको उनको भनाइ छ । एकै ठाउँमा धेरै गैँडा हुँदा जुधेर मर्नेक्रम भने बढेर गएको छ । प्राकृतिक कारणबाट मरेकामध्ये धेरै गैँडा पश्चिमी क्षेत्रमा रहेको उनको भनाइ छ । मरेकामध्ये ६० प्रतिशतभन्दा बढी पश्चिमका रहेका छन् । चोरी शिकारीसमेत पश्चिममा बढी हुने गरेको छ ।
निकुञ्जको तथ्याङ्कअनुसार पछिल्लो तीन वर्षयता निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रमा मात्रै ९२ गैँडा मरेका छन् । तीमध्ये ८८ कालगतिले मरेका हुन् । चार चोरी शिकारीले मारेका छन् । कालगतिले मर्ने गैँडा एकापसमा जुधेर, दलदलमा भासिएर, बुढो भएर र खोलाले बगाएर मर्ने गरेका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी हरिभद्र आचार्यले पछिल्लो समय निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडा बढी भएको जानकारी आएको बताउँदै यस विषयमा छलफल भइरहेको बताए । गैँडा गणनापछि आवश्यकताअनुसार आन्तरिक स्थानान्तरण गर्न सकिने उनले बताए ।
पछिल्लो गणना अनुसार देशैभर ६४५ गैँडा छन् । जसमध्ये यस निकुञ्जमा ६०५ रहेका छन् । चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो गँैडा गणनायता चितवनबाट चार गँैडा चीन सरकारलाई उपहार पठाइएको र शुक्लाफाँटा र बर्दिया निकुञ्जमा गरी १२ वटा गैँडा स्थानान्तरण गरिएको छ । गैँडालगायतका वन्यजन्तु पश्चिमतर्फ केन्द्रित हुँदा पर्यटक पनि पश्चिमी क्षेत्रतर्फ आकर्षित हुने गरेका छन् । पूर्वी क्षेत्रमा पर्ने सौराहाभन्दा पछिल्लो समय पश्चिमी क्षेत्रको मेघौली पटिहानीलगायतका स्थानमा पर्यटकको आगमन बढेको छ । यस क्षेत्रमा वन्यजन्तु सहजै देख्न पाइने भएपछि पर्यटक यतातर्फ आकर्षित भएका हुन् ।

In April 2015, the Nepal Government (Department of National Parks & Wildlife Conservation and Department of Forests) in collaboration with the National Trust for Nature Conservation and WWF conducted a comprehensive count to ascertain the number of one-horned rhinos in the Terai Arc Landscape of Nepal. Within Chitwan National Park this count took place over 3 weeks, and involved 30-plus elephants and 170 field observers and personnel. On 19th April the transect line involved 30 elephants, stretching some 3km, and covered a transect block 16Km long, over 12 hours. Over 100 rhinos were recorded this day alone. The count found that in total there are now 645 rhinos across Nepal’s Terai Arc Landscape (605 in Chitwan National Park), a 21% increase in total population from the 534 individuals recorded in 2011.
हात्ती उपचार शिविर शुरु
हात्ती प्रजनन् केन्द्र खोरसोरमा आजदेखि हात्ती उपचार शिविर शुरु भएको छ । चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषले संयुक्तरुपमा शिविर शुरु गरेको हो । निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजयकुमार श्रेष्ठका अनुसार हात्तीलाई जुकाको औषधि खुवाउने, नङ् काट्ने, रगतको नुमना लिएर परिक्षण गर्ने, शरीरको बाहिरी अवस्था निरीक्षण गरेर हेर्ने, घाउ खटिरा एवम् चोटपटक भएमा उपचार गरिने छ । यस क्रममा हात्तीलाई भिटामिन, मिनिरलसमेत खुवाइँदैछ ।
आउँदो महिनामा हुने गैँडा गणनामा प्रयोग गर्न मिल्ने हात्ती छुट्याउने काम पनि अहिले नै गरिँदै छ । श्रेष्ठले १५ दिन लगाएर सरकारी ५६ र निजी ६० हात्तीलाई प्रत्यक्षरुपमा उपचार गरिने बताए । उनका अनुसार रगतको परीक्षणबाट कुनै रोग देखिएमा तत्काल उपचार प्रक्रिया अघि बढाइनेछ । शिविरमा निकुञ्ज र कोषका चार जना प्राविधिकसँगै नङ काट्नका लागि दुई जना कर्मचारी परिचालन गरिएको छ । हात्तीको स्याहारमा रहेका कर्मचारी पनि शिविरमा परिचालन गरिने उनले जानकारी दिए । शिविरको शुभारम्भका अवसरमा श्रेष्ठसँगै कोषका प्रमुख डा बाबुराम लामिछानेसहित प्राविधिक, कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।
प्राकृतिक कारणबाट वैशाखयता चितवन राष्ट्रिय निकुञ्जका पाँच वटा र कोषका एउटा हात्ती मरेपछि स्वास्थ्यप्रति संवेदनशील हुँदै शिविर आयोजना गरिएको हो । निकुञ्जको खोरसोरमा २० वटा, सौराहा कार्यालयमा आठ, कसरामा छ हात्ती छन् भने पोष्टमा एउटा र दुईका दरले हात्ती रहेका छन् । यससँगै कोष र निजी क्षेत्रका हात्ती आआफ्ना हात्तीसारमा रहेका छन् । मरेका हात्तीमा क्षयरोगसमेत देखिएपछि केही समयअघि निकुञ्जका सबै हात्तीको रगतको नमूना संकलन गरेर परीक्षणका लागि राखिएको छ । निकुञ्ज सुरक्षामा हात्ती प्रयोग हुने गरेको छ । विगतमा पर्यटक घुमाउन प्रयोग गरिने भए पनि पछिल्ला वर्षमा निजी हात्ती मात्र प्रयोग गरिँदै आएको छ । रासस
























