अन्तर्राष्ट्रिय
चीनमा ५.१ म्याग्निच्युडको भूकम्प
०

चीन, भदौ १२-
दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तमा ५.१ म्याग्निच्युडको भूकम्प गएको छ।
चीन भूकम्प नेटवर्क केन्द्र (सीईएनसी) का अनुसार स्थानीय समयअनुसार शुक्रबार दिउँसो १ः१३ मिनेटमा सिचुआनको लोङचाङ सहरमा भूकम्प गएको हो।
भूकम्पको केन्द्रबिन्दु २९.२३ डिग्री उत्तरी अक्षांश र १०५.२२ डिग्री पूर्वी देशान्तरमा रहेको थियो। भूकम्प १३ किलोमिटर गहिराइमा गएको सीईएनसीले जनाएको छ।
हालसम्म भूकम्पबाट भएको क्षति वा मानवीय हताहतीबारे थप विवरण सार्वजनिक नभएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























