चितवन विशेष

शव पहिचानका लागि चितवनमा आफन्तहरुको डिएनए नमुना संकलन सुरु

Banner

चितवन, भदौ १६–

बाढीमा परि बेपत्ता भएका व्यक्तिहरुको पहिचानका लागि चितवनमा परिवारका सदस्यहरुको डिएनए नमुना संकलन सुरु गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला ईकाइ चितवन र जनस्वास्थ्य कार्यालय भरतपुर चितवनको सहकार्यमा डिएनए नमुना संकलन सुरु गरेको हो । भरतपुर महानगरपालिका–१०, स्थित चितवन उद्योग संघको परिसरमा आज (मंगलबार)देखि सुरु गरिएको हो । नमुना संकलन कार्य विहान ९ बजेदेखि अपरान्ह ५ बजेसम्म चल्ने जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर पौडेलले जानकारी दिए ।

भोटेकोशी नदीमा आएको बाढीको कारणले गर्दा फेला परेका शवहरूको पहिचानको लागि बुबा, आमा, छोरा, छोरी मध्ये कुनै एक जनाबाट डिएनए परीक्षणको लागि नमुना संकलन कार्य भइरहेको छ । त्यसका डिएनए नमुना दिन जाने व्यक्तिहरुले आफ्नो पहिचान खुल्ने कागजात र दुई प्रति पासपोर्ट साईजको फोटो समेत लिएर जान प्रहरीले अनुरोध गरेको छ ।

यसरी संकलन गरिएको डिएनए नमुनाको रिपोर्ट आउन कम्तीमा १२ साता लाग्ने छ । चितवनमा हालसम्म ३२१ शव फेला परेको छ । जसमध्ये १२ जनाको मात्रै सनाखत भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>