Breaking News

डा बाबुराम भट्टराईको ट्युमरको शल्यक्रिया गर्नुपर्ने, क्यान्सर नभएको पुष्टि

Banner

काठमाडौं, १७ फागुन –
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको तत्कालै ट्युमरको शल्यक्रिया गर्नुपर्ने भएको छ । स्वास्थ्य उपचारका लागि नयाँ दिल्ली गएका उनलाई चिकित्सकले यस्तो सुझाव दिएका हुन् ।

भट्टराईका प्रेस सल्लाहाकार विश्वदीप पाण्डेका अनुसार न्युरो-इन्क्राइनको ट्युमरमा क्यानसर भएको आशङ्कामा डाक्टर भट्टराई चिकित्सकको सल्लाहअनुसार परीक्षणका लागि नयाँ दिल्ली गएका थिए । तर, बायोप्सी परीक्षणका क्रममा क्यान्सर नभएको पुष्टि भएको छ ।

क्यान्सर नभएको पुष्टि भए पनि ट्युमरलाई भने दुई/तीन महिनाभित्रै शल्यक्रिया गरी फाल्नु पर्ने चिकित्सकले सुझाएका छन् । तत्कालै शल्यक्रिया नभए क्यान्सरको खतरा हुने चिकित्सकको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>