विजनेश

अम्बे स्टील्सको नुवाकोटमा डिलर सम्मेलन

Banner

काठमाडौं, फागुन १६–

देशकै सबैभन्दा ठूलो छड उत्पादक कम्पनी अम्बे स्टील्स्ले नुवाकोटमा डिलर सम्मेलन २०७७ सम्पन्न भएको छ ।

कार्यक्रममा अम्बे स्टील्स्का ब्राण्ड एम्बेसेडर हरिवंशआचार्य र मदन कृष्ण श्रेष्ठलगायत नुवाकोट जिल्लाका बरिस्ठ उज्चपदस्थ व्यक्तित्वहरुको पनि सहभागिता रहेको थियो । वर्षौदेखि अम्बे स्टील्स्ले ग्राहकहरुलाई प्रदान गर्दै आएको बिक्री तथा सेवाहरुको सुधार गर्दै अझै व्यापक बनाउन केन्द्रित रहनुका साथै डिलरहरुबीचको आपसी सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यले रहेको कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।

अम्बे स्टील्स्ले आफ्नो भैरहवा र नेपालगञ्जमाअवस्थित दुई वटा फ्याक्ट्रीबाट नेपालकै सबैभन्दा बढी दैनिक १४०० टन छड उत्पादन गरी नेपाली बजारमा पु¥याउदै आएको छ । यस कम्पनीबाट उत्पादित टि.एम.टि छड अन्तर्राष्ट्रिय गुणस्तरको भएको हुनाले नेपाली बजारमा सबैभन्दा बढि रुचाइएको छडको रुपमा परिचित छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>