राजनीति

ह्वीप नमान्ने समानुपातिक सांसदलाई ओलीले हटाउन सक्दैनन्ः भीम रावल

Banner

काठमाडौं,फागुन १६-

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको ह्वीप नमान्ने कुनैपनि सांसदलाई उनले हटाउन नसक्ने दाबी गरेका छन् । आइतबार काठमाडौंमा आयोजित एक अन्तक्रिया कार्यक्रममा बोल्दै नेता रावलले प्रधानमन्त्री ओलीले ह्वीप जारी गरी समानुपातिक सांसदलाई निकाल्ने कुरा झुट र भ्रमपूर्ण रहेको बताएका हुन् ।

संसदीय दलको नेताको हैसियतमा प्रधानमन्त्री केपी शर्मा ओलीले लगाएको ह्वीप मान्न नपर्ने पनि रावलले बताए । त्यसरी निकाल्नको लागि केन्द्रीय कमिटीले अनुमोदन गर्नुपर्ने र केन्द्रीय कमिटीमा आफूहरुको बहुमत रहेको बताए । बहुमत केन्द्रीय कमिटीको बैठक गरेर प्रधानमन्त्री ओलीलाई कारबाही गर्ने पनि बताए । उनले भने, ‘दलको सदस्य हटाउने धम्की दिनुभएको छ उहाँले, मैले ह्वीप जारी गरेर त्यहाँ सदस्यबाट निकाल्छु भन्ने कुरा कति झुठ, भ्रमपूर्ण, धम्की दिएपछि केही सदस्यहरु उफ्रिएर बालुवाटारतिर लाग्छन् कि भन्ने कति जनतालाई ढाँट्ने कुरा रहेछ । पार्टीको विधान, लोकतन्त्रको मान्यता र सिद्धान्त अनुसार पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्ष स्वतः आधिकारिक पार्टी रहेको दाबी पनि नेता रावलले गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>