राजनीति

ओलीको पत्तासाफ गरेर देउवालाई प्रधानमन्त्री बनाउँछुः प्रचण्ड

Banner

काठमाडौं,फागुन १५-

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीको पत्तासाफ गरेर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने बताएका छन्। शुक्रबार एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्। प्रधानमन्त्री अ‍ोलीले संसदमा फेस गर्ने भनेकाले आफूहरूले कांग्रेस र जसपासँग मिलेर अविश्वासको प्रस्तावमार्फत ओलीलाई हटाउने प्रचण्डको भनाइ थियो। साथै उनले देउवा ओलीसँग सहकार्य गर्नै नसक्ने ठोकुवा गरे।

‘मेरो प्रधानमन्त्रीको दाबी गर्दिनँ। दुई चार दिनभित्रै अन्तिम चरणमा पुग्छौं’ प्रचण्डले भने,‘ शेरबहादुरजीलाई प्रधानमन्त्री बनाउँछु। ओलीको पत्तासाफ गर्छु, म प्रधानमन्त्री बन्दिन, देउवालाई बनाउँछु’ उनले भने। अध्यक्ष प्रचण्डले आफूले सत्ताका लागि सम्झौता नगरेको बताउँदै उनले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग सहकार्य गरेर जाने बताए। एउटै मुद्दामा समर्थन रहेकाले कांग्रेस र समाजवादी आफूहरूसँग सहकार्य गर्ने प्रचण्डले दाबी गरे।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>