देश/प्रदेश

आँखा अस्पताल नजिकै युवक मृत फेला

Banner

कैलाली, फागुन १५-

गेटा आँखा अस्पताल नजिकै आज बिहान एक युवक मृत अवस्थामा फेला परेका छन् ।

गोदावरी नगरपालिका–५ गेटा आँखा अस्पताल नजिकै सोही ठाउँका ३५ वर्षीय शिवचरण राना मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिनुभयो ।

मृतक रानाको टाउकामा गम्भीर चोट रहेको प्रहरी नायब उपरीक्षक विष्टले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको र अनुसन्धानका लागि तालीम प्राप्त कुकुरसहित प्रहरी टोली घटनास्थलमा खटिएको बताइएको छ । मृत फेला परेका रानाको हत्या भएको हुनसक्ने सोही ठाउँका स्थानीयले आशङ्का गरेका छन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>