देश/प्रदेश

भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय कविता प्रतियोगितामा प्रथम भए मनोज विश्वकर्मा

Banner

चितवन, फागुन १४ –

भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय कविता प्रतियोगितामा रौतहट निवासी कवि मनोज विश्वकर्मा प्रथम भएका छन् । हेम सरिता पाठक फाउन्डेसनले आयोजना गरेको उक्त प्रतियोगितामा विश्वकर्मा प्रथम भएका हुन् । समाजसेवी हेम पाठक र सरिता पाठक (टेक्सस,अमेरिका)ले स्थापना गरेका सो पुरस्कारमा एक हजार अमेरिकी डलर राशीसहित सम्मानपत्र रहेको छ ।

प्रतियोगिताका लागि प्राप्त कविताहरु मध्ये पहिलो चरणमा उत्कृष्ट पच्चीस कविताहरु सार्वजनिक गरिएको थियो । ती कविताहरुको जुम माध्यमबाट प्रत्यक्ष वाचन पनि गराइएको थियो।

सो प्रतियोगितामा डा.रामप्रसाद ज्ञवाली, स्नेह सायमी र गीता त्रिपाठीसहित तीन सदस्यीय निर्णायक समिति रहेका थिए । सो समितिले गरेको सिफारिसका आधारमा निर्णय घोषणा गरिएको हो।

उत्कृष्ट २५ कविमा मनोज विश्वकर्मा, जितेन्द्र बस्नेत, संगीता पोखरेल, पिटर कुवर, प्रकाश आचार्य, जीवन आरोही,सानु खनाल, दिलीप कुवर, जनक रसिक, दीप पाण्डे, प्रज्वल अधिकारी, निरज दहाल, टीएन भट्ट “विश्वामित्र”, रमा अधिकारी कादम्बरी, सुरज पराजुली, सुष्मा तिमल्सिना, सन्तोष लामिछाने, दिपेन्द्र अरुण, केशवराज ज्ञवाली , मोहित जोशी, सोमनाथ दहाल, नवराज अधिकारी, नारायण अधिकारी, सुवास शर्मा र भीष्मप्रसाद भट्टराई रहेको छ।

काठमाडौंमा कार्यक्रमको आयोजना गरी पुरस्कार प्रदान गरिने र उत्कृष्ट पच्चीस कविताको पुस्तक प्रकाशन पनि गरिने भएको छ । यसैगरी भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय गीत प्रतियोगिताको लागि भने अन्तिम मिति २०७७ फागुन १५ गतेसम्म तोकिएको प्रतियोगिताका संयोजक राधेश्याम लेकालीले जानकारी दिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>