देश/प्रदेश

घर जलाएर लड्डु खाँदै हिँड्दा पनि प्रचण्ड–नेपालको अनुहारमा चमक देखिएन: सांसद चौधरी

Banner

काठमाडौँ, फागुन १३-

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षकी नेत्री शान्ता चौधरीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालप्रति लक्षित गर्दै पछि झल्याँस्स हुनुभन्दा अरू केही बाँकी नरहेको टिप्पणी गरेकी छन् ।

आज ट्विटरमा एक ट्वीट गर्दै नेत्री चौधरीले प्रचण्ड नेपालको अनुहारमा कुनै चमक नदेखिएको समेत बताएकी छन् ।

आफ्नै घर जलाएर पुरै खरानी बनाइसकेर त्यही खरानी धसेर बिजय जुलुस निकाल्दै लड्डु खाँदै हिँड्दा उनीहरूको मनमा कुनै आत्मग्लानी नभएको समेत उनको भनाइ छ । उनले भनेकी छन्, ‘तर पनि अनुहारमा कुनै चमक देखिएन अब बिस्तारै त्यो खरानीले भत्भती पोल्ने दिन आउला अनि त्यसपछि झल्याँस्स हुनुभन्दा के बाँकी रहने भयो र !’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>