चितवन विशेष

वैज्ञानिक समाजवादी युवा लिगको राष्ट्रिय सम्मेलन चितवनमा हुने

Banner

चितवन, फागुन १३–

वैज्ञानिक समाजवादी युवा लिग, नेपालको राष्ट्रिय सम्मेलन चितवनमा हुने भएको छ ।

युवा लिगले आज (विहीबार) भरतपुरमा पत्रकार सम्मेलन गरी यही फागुन २८ र २९ गते भरतपुरमा सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिएको हो । ‘दलाल पूँजीवादी संसदीय व्यवस्थालाई अन्त्य गरौं, वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्न अघि बढौं’ भन्ने नाराका साथ हुन लागेको सम्मेलनले युवाहरुलाई समाजवादमा जोड्ने काम गर्ने सम्मेलन आयोजक समितिका संयोजक लछुराम विश्वकर्माले जानकारी दिए । सम्मेलनले लिगको केन्द्रीय कमिटी पनि गठन गर्ने उनले जानकारी दिए ।

सम्मेलन सफल बनाउन विश्वकर्माको संयोजकमा ३३ सदस्यीय भेला आयोजक समिति निर्माण गरिएको छ । सम्मेलनको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालका संयोजक विश्वभक्त दुलाल ‘आहूती’ले समुद्घाटन गर्ने कार्यक्रम रहेको विश्वकर्माले जानकारी दिए । युवा लिग आहूती नेतृत्वको पार्टीको युवा संगठन हो ।

सम्मेलनमा देशभरबाट ३०० जनाको सहभागिता रहने आयोजकले जनाएको छ । हाल यस संगठन ४५ जिल्लामा फैलिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>