देश/प्रदेश

भागरथीको बलात्कारपछि हत्यामा संलग्न भट्टलाई अदालतले दियो ५ दिन म्याद थप

Banner

काठमाडौं, फागुन १२ –

बैतडीको दोगडाकेदार गाउँपालिका–७ की भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न आरोपी दिनेश भट्टलाई हिरासतमा राख्न दिएको ५ दिनको म्याद सकिएको छ । प्रहरीले आज भट्टको म्याद थप गर्न अदालत लगिएको थियो ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीले दिएको जानकारी अनुसार भट्टविरुद्ध अनुसन्धानका लागि थप ५ दिन म्याद अदालतले दिएको छ । प्रहरीले घटनामा भट्टको संलग्नतालाई पुष्टि गर्ने थप आधारहरु खोज्दै अनुसन्धान गरिरहेको छ ।

भट्टलाई घटनास्थल आसपास देख्नेहरुको कागजी बयानदेखि फरेन्सिक जाँच पनि जारी रहेको सुवेदीले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>