खैरहनी

खैरहनीमा डकर्मीहरुका लागि तालीम सुरु

Banner

चितवन, फागुन ११–

चितवनको खैरहनीमा डकर्मीहरुका लागि भुकम्प प्रतिरोधी भवन निर्माण सम्वन्धी तालीम मंगलबारदेखी सुरु भएको छ ।

खैरहनी नगरपालिकाको आयोजना तथा गेटवे इन्जिनियरिङ कन्सल्टेन्सीको समन्वयमा सात दिने तालीम सुरु भएको हो । तालीमको उद्घाटन गर्दै खैरहनीका मेयर लालमणि चौधरीले शीप, ज्ञान र प्रविधिले मात्रै सुरक्षित भवन बन्ने बताए । ‘सुरक्षित भवनका लागि शीपलाई समय अनुसार ज्ञान र प्रविधिको प्रयोग गर्नुपर्छ’–मेयर चौधरीले भने ।

खर्च जोगाउने नाममा सस्तोमा भवन निर्माण गरेर भविष्यमा धनजनको क्षती हुने भएकाले मापदण्डमा टेकेर भवन बनाउन मेयर चौधरीले सुझाव दिए । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त न्यौपानेले भवन बलियो र सुरक्षित बनाउने विषयमा ठेकदार वा निर्माण कम्पनीको पनि दायित्व हुने औल्याए । पेशाप्रति इमानदारिता निभाउन न्यौपानेले डकर्मीहरुलाई आग्रह गरे । नगरपालिकाको सार्वजनिक खरिद एवंम् क्षमता अभिवृद्धी समिति संयोजक समेत रहेका वडा नम्वर २ का वडाध्यक्ष टिकादत्त इटनीले भवन आचारसंहितामा रहेर निर्माणको काम गर्नु पर्नेमा जोड दिए ।

पहिलो चरणको सो तालिममा २५ जना डकर्मीहरुको सहभागीता रहेको छ । उनीहरुलाई भुकम्परहित घर निर्माणमा आवश्यक प्राविधिक ज्ञान अभ्याससहित प्रदान गरिने नगरपालिकाका योजना शाखा प्रमुख इन्जिनियर सुमन श्रेष्ठले बताए । सात दिने तालिममा गेटवे इन्जिनियरिङ कन्सल्टेन्सीका इन्जिनियर नारायण आचार्य, इन्जिनियर सुशान्त श्रेष्ठ, नगरपालिका योजना शाखा प्रमुख इन्जिनियर सुमन श्रेष्ठले प्रशिक्षण दिनेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>