Uncategorized

प्युठानका व्यवसायीसँगै उवासंघ–चितवनको अन्तरक्रिया

Banner

चितवन, फागनु ११–

उद्योग वाणिज्य संघ–चितवन र प्यूठानका उद्योगी व्यवसायी बीच आज छलफल तथा अन्तरक्रिया भएको छ ।

संघ अध्ययन अवलोकन भ्रमणको क्रममा चितवन आएका प्युठानका उद्यमी व्यवसायीसँग उद्योग वाणिज्य संघ–चितवनको सभाहलमा उक्त कार्यक्रम भएको हो ।

प्युठानका उद्योगी व्यवसायीलाई संघमा स्वागत गर्दै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष राजु श्रेष्ठले यस किसिमको अध्ययन अवलोकन भ्रमणले आन्तरिक पर्यटन प्रवद्र्धन हुनुका साथसाथै संघ वीच ज्ञान, सीप र अनुभवनको आदान प्रदानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । कार्यक्रममा अध्यक्ष श्रेष्ठले प्रत्येक जिल्ला तथा नगर उद्योग वाणिज्य संघले स्थानीयस्तरमा उपलब्ध साधनस्रोतको अधिकतम प्रयोग गरी उत्पादनमूलक उद्योगहरु सञ्चालनमा जोड दिनुपर्ने बताए ।

सोही कार्यक्रममा प्यूठान उद्योग वाणिज्य संघका अध्यक्ष केदारमान कक्षपतिले उद्योग वाणिज्य संघ–चितवन देशकै नमुना र अग्रणी उद्योग वाणिज्य संघ भएकोले यसले गरेका क्रियाकलाप तथा सचिवालय व्यवस्थापनका साथसाथै औद्योगिक एवम् कृषि क्षेत्रको ज्ञान लिने उद्देश्यले उद्योग वाणिज्य संघ –चितवनलाई प्राथमिकताका साथ अवलोकनको क्रममा छनौट गरिएको बताए । कार्यक्रममा उनले उद्योग वाणिज्य संघ–चितवनबाट आफूले धेरै कुरा सिक्ने अवसर पाएको विचार राखे ।

कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका प्रथम उपाध्यक्ष सुमन कुमार श्रेष्ठ, दोस्रो उपाध्यक्ष चिरञ्जीवी सुवेदीलगायतले बोलेका थिए । संघमा भएको छलफल तथा अन्तरक्रिया पश्चात उद्योग वाणिज्य संघ–चितवनले चितवनका केरा, पोल्ट्री तथा माछापालन व्यवसाय संग सम्बन्धी फर्महरुको अध्ययन अवलोकन गराएको संघका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी दिए । प्यूठान उद्योग वाणिज्य संघका अध्यक्ष केदारमान कक्षपतिको नेतृत्वमा आएकोले टोलीमा प्यूठानका १९ जना व्यवसायीको सहभागिता रहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>