चितवन विशेष
बेवारिसे शव व्यवस्थापन समिति चितवनमा साहबुदिनको नेतृत्व
०

चितवन, फागुन ९-
चितवनमा आज भएको एक भेलाले साहबुदिन मन्सुरी(सुल्तान) को अध्यक्षतामा ११ सदस्यीय बेवारिसे शव व्यवस्थापन समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा सन्तोष श्रेष्ठ, सचिवमा जमुना परियार, सहसचिव विष्णु विश्वकर्मा (रमेश), कोषाध्यक्षमा राम आशिष ठाकुर रहेका छन् । समितिको सदस्यहरूमा राजु टमाटा , माया गुरुङ, शिव गोतामे, रबि घिमिरे सल्लाहकारहरूमा शिव खडगी, नेकमहमद मिया रहेका छन् । मुस्लिम संगठनका केन्द्रीय सदस्य मो सिद्दिकको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
नवनिर्वाचित अध्यक्ष सुल्तानले मुस्लिम समुदायको बेवारिसे शब दाहसंस्कारसहित दफन (गाड्ने), मलामी नहुनेकोमा मलामीको भूमिका निर्वाह गर्ने बताएका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























