चितवन विशेष

विष्णु तिवारीको अध्यक्षतामा ‘माडी माइती घर’ स्थापना

Banner

चितवन, फागुन ९–

माडी माध्यमिक विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थीहरुले ‘माडी माइती घर’ नामको संस्था स्थापना गरेका छन् ।

विष्णु तिवारीको अध्यक्षतामा बचत र कोष स्थापना गर्ने गरी माडी माइती घर संस्था स्थापना गरिएको हो । यस्तै संस्थाको उपाध्यक्षमा लक्ष्मी न्यौपाने, सचिवमा मनरुपा पौडेल तिवारी, सह–सचिवमा भिमा पौडेल, कोषाध्यक्षमा दुर्गा लामिछाने चयन भएकी छन् ।

यस्तै संस्थाको सदस्यहरुमा मुना बराल, शान्ता पौडेल, गायत्री भुषाल र देवी पौडेल रहेका छन् ।

यसैगरी संस्थाको सल्लाहकार समिति समेत चयन गरिएको छ । संयोजकमा ईश्वरा तिवारी र सदस्यहरुमा अम्बिका सिग्देल र बालकुमारी रानाभाट चयन भएका छन् । त्यस्तै माइतीतर्फको सल्लाहकार संयोजकमा कृष्णहरि पौडेल, सदस्यहरुमा सुवास तिवारी, शोभाकान्त बस्याल, देवप्रसाद पाण्डे, थनिश्वर पोख्रेल, दीपक सापकोटा, नेत्रप्रसाद लामिछाने र कृष्णप्रसाद तिवारी रहेका छन् ।

‘सशक्त आवाज, महिला दमनको अन्त, समाज रुपान्तरणमा बलियो मानसिकता’भन्ने नारासहित संस्था स्थापना गरिएको अध्यक्ष विष्णु तिवारीले जानकारी दिइन् । यस संस्थाले निरन्तर दुखी, गरिबहरुलाई साथ र सहयोग गर्ने बताइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>