चितवन विशेष
पत्रकार अधिकारी इन्सेकको उत्कृष्ट जिल्ला प्रतिनिधिको रुपमा पुरस्कृत
०

हेटौँडा, फागुन ८-
इन्सेकले यस वर्ष उत्कृष्ट जिल्ला प्रतिनिधिको रुपमा चितवन जिल्ला प्रतिनिधि दिपेन्द्र अधिकारीलाई सम्मान एवम् पुरस्कृत गरेको छ ।
शुक्रबार हेटौंडामा आयोजित पुस्तक सार्वजनिकीकरण कार्यक्रममा प्रमुख अतिथि वागमती प्रदेशका मुख्य न्यायाधिवक्ता ओमप्रसाद थपलियाले नगद सात हजार प्रमाण पत्रसहित सम्मान एवम् पुरस्कृत गरेका हुन् ।
जिल्लाको मानवअधिकार गतिविधिमा सक्रिय सहभागिता जनाएको, मानवअधिकारको पक्षमा निरन्तर वकालत गरेको र उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै जिल्ला प्रतिनिधि अधिकारीलाई सम्मान गरिएको इन्सेक वागमती प्रदेश संयोजक कृष्ण गौतमले बताए । पत्रकार अधिकारी भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसका आमसञ्चार विषयका सहायक प्राध्यापक र चितवन पोष्ट दैनिकको मुख्य संवाददाता हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























