चितवन विशेष

चितवनको माडीमा पाँच महिनापछि पानी पर्‍यो

Banner

चितवन, फागुन ६-

चितवनको माडी क्षेत्रमा आज दिउँसो हल्का वर्षा भएको छ ।

माडीका स्थानीयले नारायणी अनलाइनलाई जनाएअनुसार झण्डै पाँच महिनापछि पानी परेको हो । जल तथा मौसम विभागले हाल देशको पहाडी तथा हिमाली भूभागहरुमा आंशिक बदली रहने जनाएको थियो । मौसम विभागले नेपालमा पश्चिमी बायुको प्रभावले गर्दा वर्षा भएको जनाएको छ । मौसम विभागले भन्यो, ‘प्रदेश न २ र प्रदेश न ३ लगायत देशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही पहाडी भूभागका थोरै स्थानमा हल्का बर्षा हुने सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । ’

फोटोः श्री दवाडी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>