Uncategorized

निप्पोन एजुकेशनको शाखा वीरेन्द्रनगरमा

Banner

चितवन, फागुन ५-

शैक्षिक परामर्श संस्था निप्पोन एजुकेशनल सेन्टरको शाखा विस्तार गरिएको छ ।

चितवनमा मुख्य कार्यालय रहेको निप्पोन एजुकेशनल सेन्टरले मंगलबार एक कार्यक्रमका बीच पूर्वी चितवनको वीरेन्द्रनगरमा शाखा कार्यालय स्थापना गरेको हो ।

विशेषगरी उच्च शिक्षा अध्ययनको लागि जापान जान चाहने नेपाली विद्यार्थीलाई उचित परामर्श दिँदै आवश्यक प्रक्रियामा सहयोग गर्दै आएको उक्त निप्पोन एजुकेशन सेन्टरले वीरेन्द्रनगर शाखाबाट जापानसँगै अध्ययनको लागि कोरिया जान चाहने विद्यार्थीलाई परामर्शसहित भिसा प्रक्रियामा सहयोग गरिने वीरेन्द्रनगर शाखाका प्रमुख राजन पाण्डेले जानकारी दिए ।
निप्पोन एजुकेशन सेन्टरका प्रवन्ध निर्देशक दिपकचन्द्र भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती प्याव्सनका अध्यक्ष रामकृष्ण पन्तले विरेन्द्रनगर क्षेत्रबाट ठूलो संख्यामा विद्यार्थी उच्च शिक्षाको लागि विदेश जने गरेको भए पनि बिगतमा उक्त क्षेत्रमा शैक्षिक परामर्शदाता संस्थाको आवश्यकता खड्किएको र अहिले पूरा भएको बताए ।

कार्यक्रमका विशेष अतिथि बंगलामुखी बचत तथा ऋण सहकारीका अध्यक्ष भुवनराज रुवालीले उक्त शाखा स्थापनासँगै उच्च शिक्षा अध्ययनको लागि जापान, कोरियालगायतका मुलुक जान चाहने पूर्वी चितवनका विद्यार्थी हरुले उचित परामर्श पाउने अपेक्षा व्यक्त गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>