समाज
आज उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना
०

चितवन,फागुन १-
आज उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । यसका साथै देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं. १ का पहाडी भू-भागका केही स्थानमा छिट्पुट वर्षा पनि हुन सक्ने महाशाखाले जानकारी दिएको छ ।
शनिबार राति पनि उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको र प्रदेश १ सँगै गण्डकी प्रदेशमा पनि हल्का वर्षा हुन सक्ने महाशाखाले बताएको छ । अहिले देशमा पश्चिमी बायुको प्रभाव रहेको महाशाखाले जानकारी दिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























