खेलकुद

प्रधानमन्त्री कप खुल्ला ब्याडमिन्टन प्रतियोगिताः आज प्रिक्वाटर चरणका खेल हुँदै

Banner

चितवन, माघ ३०-

चितवनको भरतपुरमा जारी देशकै सबैभन्दा ठुलो धनराशि भएको प्रधानमन्त्री कप राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०७७ अन्तर्गत आज (शुक्रबार) प्रिक्वाटर खेलहरु हुँदैछन् । प्रतियोगितामा विश्व नम्बर ३ का खेलाडी प्रिन्स दाहाल सहित नेपाल नम्बर १ का खेलाडीहरुले आज प्रतस्पिर्धा गर्दैछन् । नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष सुवास श्रेष्ठकाअनुसार आज ६४ वटा खेलहरु हुँदैछन् । प्रतियोगितामा आज मेन्स सिङ्गलका १२, ब्वाइज सिङ्गल अण्डर १७ को १२, भेटेरान्स डबल ४५ वर्ष उमेर समूहमाथिका १२, भेटेरान्स डलब ५५ वर्ष उमेर समूहमाथिका चार, मेन्स डबल अन्तर्गत चार, वुमन्स सिङ्गल अन्तर्गत चार, गल्र्स सिङ्गल अण्डर १७ अन्तर्गत चार तथा मेन्स डबलमा ¥याङकिङका लागि १२ वटा खेल हुने श्रेष्ठले जानकारी दिनुभयो ।

आज प्रिक्वाटर र क्वाटर समूहका खेलहरु सम्पन्न गर्नेगरी प्रतियोगिता सञ्चालन गरिने श्रेष्ठले बताउनुभयो । प्रतियोगिताअन्तर्गत मेन्स सिङ्गलतर्फ विश्व वरियताका प्रिन्स दाहाल सहित राष्ट्रिय खेलाडीहरु एपीएफका प्रियंशुसिंह क्षेत्री, भोजपुरका विकास श्रेष्ठ, त्रिभुवन आर्मीका दिपेश धामी, प्रफुल महर्जन, नवीन श्रेष्ठ, रुकेश महर्जन र रत्नजित तामाङको खेल हुँदैछ । त्यस्तै वुमन्स सिङ्गलतर्फ नेपाल नम्बर १ खेलाडी एपीएफकी जेसिका गुरुङ, त्रिभुवन आर्मीकी आयुष्मा राई, रसिला महर्जन र अमिता गिरी सहितका खेलाडीहरुको प्रतिस्पर्धा आज दिउँसो हुने श्रेष्ठले बताउनुभयो ।

विभिन्न आठ वटा विधामा हुने प्रतियोगितामा मेन्स सिङ्गल र वुमन्स सिङ्गलमा पहिलो हुने खेलाडीले नगद एक लाख १५ हजार रुपैयाँ सहित ट्रफी मेडल र प्रमाणपत्र पाउने चितवन ब्याडमिन्टन संघका अध्यक्ष भरत मल्लले जानकारी दिनुुभयो । त्यस्तै मेन्स सिङ्गल र वुमन्स सिङ्गलमा दोस्रो हुने खेलाडीले समान ५५ हजार तथा तेस्रो हुने दुई÷दुई जना खेलाडीले १५/१५ हजार रुपैयाँ पुरस्कार पाउने श्रेष्ठले बताउनुभयो । त्यस्तै, मेन्स डबलतर्फ पहिलो हुनेले ६० हजार , दोस्रो हुनेले ३० हजार तथा तेस्रो हुने दुई जनाले १०÷१० हजार रुपैयाँ पाउनेछन् ।

प्रतियोगितामा मेन्स डबल टप २० ¥याङ्किङमा पहिलो हुने खेलाडीले ५० हजार, दोस्रोले २५ हजार तथा तेस्रो हुने दुई जनाले सात÷सात हजार रुपैयाँ पुरस्कार पाउने मल्लले बताउनुभयो । प्रतियोगितामा ब्वाइज सिङ्गल अण्डर १७, गल्र्स सिङ्गल अन्डर १७, भेटेरान्स डबल ४५ वर्षमाथि, ५५ वर्षमाथिका उमेर समूहमा पहिलो हुने खेलाडीहरुले समान ३० हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुने दुई÷दुई जनाले पाँच/पाँच हजार रुपैयाँ पुरस्कार पाउने मल्लको भनाइ छ ।

प्रतियोगितामा देशभरका ३०० बढी खेलाडीहरुको सहभागिता रहेको थियो । प्रतियोगिताअन्तर्गत नगद पुरस्कारमात्रै आठ लाख १९ हजार रुपैयाँ खर्च हुने भन्दै मल्लले प्रतियोगिता सम्पन्न गर्न ४० लाख रुपैयाँ खर्च हुने बताउनुभयो । भरतपुर कभर्डहलमा सञ्चालन भएको प्रतियोगिताको सेमीफाइनल र फाइनल खेल फागुन १ गते हुने भन्दै मल्लले प्रतियोागिता निःशुल्क अवलोकन गर्न सकिने बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area