एथलेटिक्स

चितवनमा सर्वाधिक धनराशीको राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता हुने

Banner

चितवन, माघ २७–

चितवनमा सर्वाधिक धनराशीको ‘योनेक्स सनराइज प्रधानमन्त्री कप राष्ट्रिय खुल्ला व्याडमिन्टन प्रतियोगिता–२०७७’ हुने भएको छ ।

चितवन जिल्ला व्याडमिन्टन संघ र हरिलाल धर्मदेवी मेमोरियल ट्रष्टको संयुक्त आयोजनामा प्रतियोगिता भोलि (बुधबार)देखि सुरु हुन लागेको हो । आयोजक संस्थाले पत्रकार सम्मेलन गरी प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भइसकेको जानकारी दियो ।

चितवन जिल्ला व्याडमिन्टन संघका अध्यक्ष भरत मल्लले प्रतियोगितामा कुल देशभरका ३ सय जना खेलाडी सहभागिता जनाउने जानकारी दिए । प्रतियोगितामा जुनियर व्याडमिन्टनमा विश्ववरियतामा तेस्रो स्थानमा रहेका प्रिन्स दाहाल समेत खेल्दैछन् । कुल ८ इभेन्टमा खेल हुनेछ । मेन्स सिंगलतर्फको विजेताले १ लाख १५ हजार र उपविजेताले ५५ हजार प्राप्त गर्नेछ भने सेमीफाइनल पुग्ने दुई जनाले १५/१५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

यस्तै ओमेन्स सिंगलतर्फ विजेताले पनि १ लाख १५ हजार र उपविजेताले ५५ हजार प्राप्त गर्नेछ भने सेमीफाइनल पुग्ने दुई जनाले १५/१५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

यसैगरी मेन्स डबलतर्फको विजेताले ६० हजार र उपविजेताले ३० हजार रुपैयाँ, सेमिफाइनलमा पुग्ने दुई जोडीलाई १०/१० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

यस्तै अन्य विधिका विजेताहरुलाई पनि नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितासम्पन्न गर्न ४० लाख बढी खर्च हुनेछ । जसअन्तरगत पुरस्कारतर्फ मात्रै ८ लाख १९ हजार रुपैयाँ खर्च हुने हरिलाल धर्मदेवी मेमोरियल ट्रष्टका प्रमुख एवंम राष्ट्रिय खेलकुद परिषद्का सदस्य सुवास श्रेष्ठले जानकारी दिए ।

यस प्रतियोगितामा सहभागिता जनाउने खेलाडीहरुको प्रदर्शनको आधारमा वरियतामा समेत प्रभाव पर्ने श्रेष्ठले बताए ।
प्रतियोगिता भरतपुरस्थित कवर्डहलमा चल्ने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>