चितवन विशेष
पूर्वप्रधानमन्त्री सुशील कोइरालाको स्मृतिमा वृद्धवद्धालाई भोजन
०

चितवन, माघ २६–
पूर्व प्रधानमन्त्री एवंम नेपाली काँग्रेसका पूर्व सभापति स्वर्गीय सुशील कोइरालाको स्मृतिमा चितवनमा वृद्धहरुलाई भोजन गराइएको छ ।
सुशील कोइराला सोसलिस्ट युथ सर्कल चितवनले भरतपुरको मानव सेवा आश्रममा रहेका वृद्धवृद्धालाई भोजन ग्रहण गराएको अध्यक्ष अमृत मिश्रले जानकारी दिए ।
काँग्रेसले संविधान पिताको रुपमा कोइरालाको चर्चा गर्दै आएको छ । कोइरालाको छैठौ स्मृति दिवसमा पार्टीका नेताहरुको उपस्थिति थियो । संविधानसभा सदस्य रामकृष्ण घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस चितवनका सचिब राजीव न्यौपानेलगायतका नेताहरुको उपस्थित रहेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























