खैरहनी
उद्योग वाणिज्य संघ र चेम्बर अफ कमर्सबीच सहकार्य हुनुपर्नेमा जोड

चितवन, माघ २७–
उद्योग वाणिज्य संघ र चेम्बर अफ कमर्सबीच सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा उद्योगी व्यवसायीले जोड दिएका छन् ।
उद्योग वाणिज्य संघ खैरहनीको नवनिर्वाचित कार्यसमितिलाई सोमबार बधाई तथा शुभकामना दिन खैरहनी चेम्बर अफ कमर्सले आयोजना गरेको कार्यक्रममा दुवै संस्थाबीच सहकार्य गर्नुपर्नेमा जोड दिइएको हो ।
कार्यक्रममा उवासंघ खैरहनीका अध्यक्ष दिपेन श्रेष्ठ (हिरा)ले आगामी दिनहरूमा उद्योगी व्यवसायीलाई पर्ने सङ्कटमा दुई संघ सहकार्य गर्दै अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका चितवन चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष गोपाल भट्टराईले पूर्वी चितवन उद्योग व्यवसायको सम्भावित क्षेत्र भएकोले संघ सङ्गठन सहकार्य आवश्यक पर्ने भन्दै नवनिर्वाचित समितिलाई बधाई तथा शुभकामना दिनुभएको थियो । खैहरनी चेम्बर अफ कमर्सका अध्यक्ष प्रकाश श्रेष्ठले एकै नगरमा रहेर दुईधार नभई एक आपसमा साझेदार भूमिकालाई निर्वाह गर्दा उद्योगी व्यवसायीलाई सबल र सक्षम बनाउन टेवा पुग्ने बनाउनुभयो ।
सो अवसरमा नवनिर्वाचित कार्यसमितिलाई खादा र सम्मान पत्रले सम्मान गरिएको थियो । खैरहनी चम्बर अफ कमर्सका अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष उत्तम अधिकरीले स्वागत मन्तव्य राख्नुभएको थियो ।
























