चितवन विशेष

विद्यालय नियमित गराउन शैक्षिक सामाग्री सहयोग

Banner

चितवन, माघ २५–

रत्ननगर उद्योग बाणिज्य संघले आर्थिक अवस्था कमजोर भइ विद्यालय नियमित हुन नसकेका विद्यार्थीहरुलाइ आज (आइतबार) शैक्षिक सामग्री सहयोग गरेको छ । रत्ननगर–४ स्थित आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको हो ।

रत्ननगर नगरपालिका र यूनिसेफ नेपालको सहकार्यमा रत्ननगर उद्योग वाणिज्य संघले बाल संरक्षण तथा बालश्रम न्यूनीकरण कार्यक्रम संचालन गरिरहेको छ । सोही अवसरमा बालबालिकासँग बाल श्रम, बाल विवाह र जन्मदर्ता सम्बन्धी अन्र्तक्रिया गरिएको छ । विद्यालय स्तरीय अन्र्तक्रिया कार्यक्रमको सहजिकरण बाल संरक्षण तथा बालश्रम न्यूनीकरण कार्यक्रमका लक्ष्मी पौडेलले गरेकी थिइन् ।

संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठले स्वागत मन्तब्य राखेको कार्यक्रममा वडा सदस्य प्रेमप्रसाद रेग्मी, बाल संरक्षण तथा बालश्रम न्यूनीकरण कार्यक्रमका संयोजक ज्ञानबहादुर बिसुराल, संघका वस्तुगत उपाध्यक्ष रघुनाथ भट्ट, विद्यालयका प्रधानाध्यपक रमेश आचार्य लगायतले मन्तब्य राखेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>