चितवन विशेष

अटोल्याण्ड निर्माण गर्न माग

Banner

विपिन खनाल

चितवन, माघ २४–

भरतपुरको नारायणगढमा निर्माण हुने भनिएको अटोल्याण्ड तत्काल निर्माण हुनुपर्नेमा व्यवसायीहरुले जोड दिएका छन् । चितवन अटो मेकानिकल व्यवसायी संघको २०औँ साधारणसभा एवं दशौँ अधिवेशनका क्रममा व्यवसायीहरुले अटो ल्याण्ड निर्माणको प्रकृया रोकिएको भन्दै तत्काल काम अगाडि बढाउन माग गरेका हुन् ।

संघका अध्यक्ष रामबहादुर लोहनीले नारायणगढमा निर्माण हुने अटो ल्याण्ड निर्माणको प्रकृयामा सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । अटो ल्याण्ड निर्माण भएको अवस्थामा व्यवसायी तथा सेवाग्राही सबैलाई सहज हुने उहाँको भनाइ छ । सो कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य मिलनबाबु श्रेष्ठले अटो ल्याण्ड निर्माणको प्रकृयाको बारेमा सकारात्मक भएको बताउनुभयो । अटो ल्याण्डको काम अगाडि बढाउनका लाग भूमिका खेल्ने श्रेष्ठको भनाइ थियो ।

सो कार्यक्रममा अटो मेकानिकल व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष गोपाल भट्टराईले अटो मोबाइल सम्बन्धि प्राविधिक विद्यालय आवश्यक भएको बताउनुभयो । चितवनमा अझै पनि दक्ष अटो मेकानिक्सको अभाव रहेको भन्दै भट्टराईले चितवनमा अटो मोबाइल्स सम्बन्धि प्राविधिक विद्यालय बनाउनुपर्नेमा जोड दिनुभएको हो । साधारण सभाका क्रममा अटो मोबाइल्स व्यवसायीका छोराछोरीमध्येबाट स्नातकोत्तर तह उत्तीर्ण गर्ने चार जनालाई सम्मान समेत गरिएको थियो ।

त्यसैगरी, चितवन अटो मेकानिकल व्यवसायी संघको संस्थापक कार्यसमिति एवं पूर्वअध्यक्षहरुलाई आजीवन सदस्यको सदस्यता प्रदान गरिएको संघका अध्यक्ष लोहनीले बताउनुभयो ।

कार्यक्रममा नेपाल अटो मेकानिकल व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष यमप्रसाद भुसाल, उद्योग वाणिज्य संघ चितवनका प्रथम उपाध्यक्ष सुमन कुमार श्रेष्ठ, सिप्रदी अटो पार्टस्का महाप्रबन्धक युवराज बुढाथोकी, पुरानो नारायणी यातायात व्यवसायी संघका उपाध्यक्ष अशोक पोखरेललगायतले मन्तव्य राख्नुभएको थियो । संघको १०औँ अधिवेशनले एक जना अध्यक्षसहित १५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । अध्यक्षमा दुई जनाको आकांक्षा सहित अन्य पदमा समेत आकांक्षी धेरै देखिएपछि सर्वसम्मत नेतृत्व चयन गर्नका लागि पहल भइरहेको अध्यक्ष लोहनीले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>