Breaking News

आज प्रचण्ड-नेपाल पक्षको आमहड्ताल, तोडफोड, आगजनी गरे कारवाही गछौः गृह मन्त्रालय

Banner

चितवन,माघ २२-

नेकपा प्रचण्ड–नेपाल पक्षले बिहीबार देशव्यापी आमहड्तालको घोषणा गरेको छ । प्रचण्ड नेपाल पक्षको केन्द्रीय संघर्ष समितिले बुधबार पत्रकार सम्मेलन गर्दै देशव्यापी आमहड्तालको घोषणा गरेको हो । सरकारले संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै त्यसको विरोधमा बिहीबार देशव्यापी आम हड्तालसहित नयाँ संघर्षका कार्यक्रम घोषणा गरिएको पत्रकार सम्मेलनमा नेतृ पम्फा भुसालले जानकारी दिइन् ।

आमहड्तालको घोषणासँगै सरकारले राजधानीको सुरक्षा व्यवस्था कडा बनाएको छ । गृहमन्त्रालयले बुधबार नै विज्ञप्ति जारी गर्दै निर्वाधरुपमा यातायात–व्यवसाय सञ्चालन गर्न आग्रह गरेको थियो । बिहानैदेखि बन्द गर्न हिँडेका प्रचण्ड–नेपाल समूहका कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>