समाचार

प्रचण्ड-माधव समूहको आरोपः माघ २३ गते ओलीले हिन्दु राष्ट्रको घोषणा गर्दैछन्

Banner

काठमाडौं,माघ २१-

विभाजित नेकपाको ओली समूहले यही माघ २३ गते नारायणहिटी दरबार अगाडि आमसभा गर्दैछ । सो आमसभाबाट प्रधानमन्त्री केपी शर्मा ओलीले हिन्दु राष्ट्र घोषणा गर्न लागेको प्रचण्ड माधव समूहले आरोप लगाइरहेका छन् । कतिपयले हिन्दु राष्ट्रको घोषणासँगै राजसंस्था पुनर्स्थापित गर्न लागेको प्रधानमन्त्री ओलीमाथि आरोप लगाइरहेका छन् । यस आरोपलाई बल पुग्ने गरी शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले बुधबार सामाजिक सञ्जालमा मदन भण्डारीको भाषणको अडिओ क्लिप फेसबुकमा पोष्ट गरेका छन् । आमसभाको दुई दिन अघि बुधबार मदन भण्डारीको राजसंस्थासँग सम्बन्धित् अडिओ क्लिपसहित सभाको प्रचारात्मक पोस्टर फेसबुकमा सेयर गरेका हुन् ।

मन्त्री श्रेष्ठले फेसबुकमा पोष्ट गरेको उक्त २५ सेकेन्डको अडियो क्लिपमा मदन भण्डारीले भनेका छन्, ‘मैले के भनेको थिएँ भने राजा रहने परम्परालाई कायम राखेर भए पनि यदि जनतालाई सर्वशक्तिमान बनाउने, प्रजातन्त्रलाई सर्वशक्तिमान बनाउने ग्यारेन्टी गरिन्छ भने त्यो ठूलो आपत्तिको कुरा हुनेछैन । किन ठूलो आपत्तिको कुरा हुने छैन, यसकारणले ठूलो आपत्तिको कुरा हुनेछैन किनभने कुनै पनि मुलुकमा राष्ट्रपति चाहिन्छ ।’ यही माघ २३ गते शुक्रबार नारायणहिटी राजदरबार अगाडि गर्न लागेको आमसभाको प्रचार प्रसारका लागि नेता मदन भण्डारीको राजसंस्थासँग सम्बन्धित् अडिओ प्रयोग गरिनुलाई राजनीतिमा अर्थपूर्ण रुपमा हेरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area