खेलकुद
चितवनका दुई रग्वी खेलाडीले सन्चालनमा ल्याए ‘टु ब्रर्दश स्पोर्ट एण्ड स्काउट कलेक्सन’

चितवन माघ १० –
चितवनको भरतपुर -७ मा ‘टु बर्दश स्पोर्ट एण्ड स्काउट कलेक्सन’ सन्चालनमा आएको छ ।
चितवनका दुई रग्वी खेलाडी उत्तम सुवेदी र दुर्गाबहादुर थापाले भरतपुर -७ गौतमचोकमा खेलकुदका साम्रगी पाइने सो पसल सन्चालनमा ल्याएका हुन् ।
भर्खरै कक्षा १२को परिक्षा दिएका दुई युवा रग्वीका राष्ट्रिय खेलाडी सुवेदी र थापाले १५ लाखको संयुक्त लगानीमा पसल सन्चालनमा ल्याएको जानकारी दिए ।सुरुवाती समयमा साथीभाईसँग ऋण लिएर पसल सन्चालनमा ल्याएको सन्चालक सुवेदीले बताए ।
पसलका सन्चालकमध्ये एक उत्तम सुवेदीले आफ्नो रुचीकै क्षेत्रमा थप अगाडि बढ्न खेलकुद साम्रगीको व्यवसाय सुरु गरेको बताए ।
“पहिले पोल्टी क्षेत्रमा सानो व्यवसाय गरेका थियौ । खेलकुदमा लागेका छौ किन यहि क्षेत्रको व्यवसाय नगर्ने त भन्ने लाग्यो त्यसैले पसल खोल्ने सोच्यौ” अर्का सन्चालक दुर्गाबहादुर थापाले भने ।

उनीहरुले पसलको सुरुवाती चरणमै खेलकुद सम्बन्धि सबै प्रकारका खेल फुटबल, भलिबल, क्रीकेट , रग्बी , स्काउट लगायतका खेलकुद साम्रगीहरु, र जर्सी , ट्रफी र मेडलहरु पनि राखेको बताए ।
“सबैप्रकारका खेलकुद साम्रगी पाउने पसल आफ्नो वरिपरि नभएकाले सामन्य खेलकुद साम्रगी लिन पनि बजार धाउनुपर्ने बाध्यतालाई अन्त्य गर्न पनि पसल खोल्यौ” सन्चालक सुवेदी बताउँछन् । “अहिले निशुल्क रुपमा होमडेलिभरी तथा खेलकुद सम्बन्धि हरेक साम्रगी गुणस्तरीय र सहज रुपमा उपलब्ध गराउने कुरामा विशेष ध्यान दिएका छौ।” उनले थपे । आगामी दिनमा जर्सी उत्पादन आफै गर्ने सोचमा रहेको पनि उनले सुनाए।























