गण्डकी
पृथ्वी जयन्तीमा सार्वजनिक बिदा
०

दमौली, पुस २६–
तनहुँको शुक्लागण्डकी नगरपालिकाले पृथ्वी जयन्तीको अवसरमा सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
नगरपालिकाले आज विज्ञप्ति सार्वजनिक गर्दै राष्ट्रिय एकीकरण दिवसको अवसरमा सोमबार नगर क्षेत्रमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
बिदाको दिन नगरपालिका कार्यालय, वडा कार्यालय र सामुदायिक विद्यालय बन्द रहने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिनुभयो । राष्ट्रलाई एकीकरण गर्ने पृथ्वीनारायण शाहको योगदानको सम्मानस्वरुप बिदा दिने निर्णय भएको सुवेदीले बताउनुभयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























