चितवन विशेष

वाल फेशन चितवनको पहिलो शाखा चनौलीमा खुल्यो, १५ प्रतिशत छुटको अफर

Banner

चितवन, पुस २६ –

वाल फेशन चितवनको पहिलो शाखा भरतपुर महानगरपालिका २० चनौली बाजरमा सञ्चालनमा आएको छ । आज (आइतबार) भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाह ठकुरीले शाखाको उद्घाटन गरेकी हुन् । उद्घाटन कार्यक्रममा बोल्दै उपप्रमुख ठकुरीले पसलको सफलताको शुभकामना व्यक्त गर्दै युवाहरु विदेश जानुभन्दा स्वदेशमा नै व्यावसाय गर्नु राम्रो पक्षको भएको बताइन् । वाल फेशनले गुणस्तरीय सेवा प्रदान गर्नेमा आफू विश्वस्त रहेको ठकुरीले बताइन् ।

वाल फेशनको मुख्य कार्यालय भरतपुरको चौबिसकोठी स्थित एयरपोट प्लाजामा रहेको छ । वाल फेशनले भित्तामा रङ्गको सट्टामा प्रयोग गरिने थ्रीडी वाल पेपरको विक्रि वितरण गर्दे आएको वाल फेशनका प्रमुख अनिश गुरुङले जानकारी दिए । उनका अनुसार वाल फेशनले भित्ता सजाउन प्रयोग गरिने वाल पेपर, वाल फर्म, वाल ग्राँस, वाल मुरल र वाल क्यानभक्सको विक्रि गर्दछ । यी सबैको रङ्गमा दश वर्षको वारेन्टी हुने गुरुङको भनाइ छ । पानी रसाउने भित्तामा समेत यसलाई प्रयोग गर्न सकिन्छ । दक्ष प्राविधिकमार्फत घरमै गएर सेवा प्रदान गरिने उनले जनाए ।

चनौली शाखामा उद्घाटन भएको दशदिनसम्म १५ प्रतिशत छुटको व्यवस्था गरिएको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>