देश/प्रदेश

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा गैँडाको बच्चा मृत फेला

Banner

नवलपुर, पुस २६ –

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने सामुदायिक वनमा गैँडाको बच्चा मृत फेला परेको छ । निकुञ्जअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिकामा पर्ने कृष्णसार मध्यवर्ती सामुदायिक वनको मक्षेणदेखा भन्ने स्थानमा करीब तीन महिनाको मृत ‘केटी’ फेला परेको हो ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीका अनुसार शनिबार साँझ मृतावस्थामा केटी फेला परेको हो । पोथी गैँडाको ब्रह्मखाग र खुर सुरक्षित रहेको अधिकारीले बताउनुभयो । गैँडाको सो मृत बच्चासँगै चालु आर्थिक वर्ष २०७७÷०७८ मा निकुञ्ज र मध्यवर्ती क्षेत्रमा गरी २० गैँडाको मृत्यु भइसकेको निकुञ्जले जनाएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>