अर्थ

टोयोटा गाडीको आधिकारिक सर्भिस सेन्टर भरतपुरमा सञ्चालन

Banner

चितवन, पुस २६ – टोयोटा गाडीको आधिकारिक सर्भिस सेन्टर जेन्यून अटो वल्र्ड प्रालि भरतपुरमा सञ्चालनमा आएको छ ।

भरतपुर– १० स्थित बालमन्दिर रोडमा रहेको सर्भिस सेन्टरको आज आइतबार युनाइटेड टे«डर्स सिण्डिकेट प्रालिका जेनरल म्यानेजर महेश कुमार एमले उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा बाल्दै उनले सर्भिस सेन्टरबाट प्रभावकारी सेवा प्रदान गर्न प्राविधिकहरुलाई आग्रह गरेका छन् ।

सर्भिस सेन्टरका अध्यक्ष प्रदिप सापकोटाले एउटै छानामुनी क्याफेसहित गाडीको मर्मत केन्द्र (सर्भिस सेन्टर) खोलिएको जनाए ।  चितवनको दोस्रो भए पनि यो अत्याधुनिक सेवासहितको पहिलो सर्भिस सेन्टर भएको उनको भनाइ छ । सर्भिस सेन्टरमा टोयोटा गाडीको मर्मत, डेण्टपेन्ट, सेरामिक कोटिङ्ग, वासिङ्गलगायतका सेवा उपलब्ध गराइने उनले बताए । कोभिड–१९ को सुरक्षाका लागि गाडीमा स्यानीटाइजिङ्ग गर्ने मेसिन पनि रहेको छ ।

उक्त स्यानिटाइजिङ्ग मेसिन नेपालकै दोस्रो तथा उपत्यका बाहिरकै पहिलो भएको सापकोटाले बताए । उक्त मेसिन काठमाडौंमा टोयोटाले नै भित्र्याएको छ । सर्भिस सेन्टरमा सफ्टओयरमार्फत गाडीको मर्मत गरिने भएकाले देशभर जुनसुकै सर्भिस सेन्टरमा गएर गाडी बनाउनु परेमा उक्त सफ्टओयरमार्फत विगतमा गाडी मर्मत सम्बन्धी सम्पूर्ण जानकारी उपलब्ध हुने उनले जनाए ।

उद्घाटन भएको चार दिनसम्म सर्भिस सेन्टरमा ५ देखि ५० प्रतिशत सम्म छुटको व्यवस्था गरिएको सर्भिस सेन्टरका प्रमुख इन्द्र रेग्मीले बताए । यस्तै वार्षिक सदस्यता कार्ड पनि वितरण भइरहेको उनले जनाए । सर्भिस सेन्टरमा दुई जना अटो मेकालिनकल इन्जिनियरसहित पाँच जना मेकानिक रहेका छन् । दैनिक ६ वटा टोयोटा गाडी सर्भिस गर्न सकिने बताउँदै उनले एकै पटकमा ४ वटा गाडी मर्मत गर्न सकिने जनाए ।

दुई कट्ठा क्षेत्रफलमा सर्भिस सेन्टर फैलिएको जानकारी दिँदै रेग्मीले थप १ कट्ठा क्षेत्रफलमा पार्किङ्ग निर्माण गर्न लागिएको बताए । सर्भिस सेन्टर निर्माणमा दुई करोड लगानीले भएको उनको भनाइ छ ।

चितवनमा ३५० भन्दा बढी टोयोटाका गाडी चढ्ने मानिसहरु रहेको रेग्मी बताउँछन् । यो सहित टोयोटाको सर्भिस सेन्टर चितवनमा दुई वटा भएको छ भने देशभर १२ वटा सर्भिस सेन्टर रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>