देश/प्रदेश

राष्ट्रिय सभाको हिउँदे अधिवेशन आजै अन्त्य गर्ने सरकारको तयारी

Banner

काठमाडौं, पुस २६ –

राष्ट्रिय सभाको सातौं अधिवेशन आजै अन्त्य गर्ने तयारी सरकारले गरेको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेपछि अधिवेशन अन्त्य गर्ने तयारी सरकारले गरेको हो ।

प्रधानमन्त्री निवासमा आजै बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको स्रोतले जनाएको छ ।

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले आज बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा राष्ट्रियसभा बैठक आजै अन्त्य हुनेबारे संकेत गरेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>