चितवन विशेष

१८ वर्षदेखी गोही संरक्षणमा लागेका खड्काले लिए अवकास

Banner

चितवन, पुस २१ – 

चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काले आफूले प्राप्त गरेको अनुभव हस्तान्तरण गरेका छन्। विगत १८ वर्षदेखी गोही संरक्षणमा लागेका उनले प्राप्त गरेका अनुभव निकुञ्जका कर्मचारीलाई हस्तान्तरण गरेका हुन्।

खड्काले घडियाल गोही संरक्षणको क्षेत्रमा उल्लेखनीय काम गरेका छन्। निकुञ्जको गोही प्रजनन केन्द्रमा मात्रै नभई उनले नारायणी र राप्ती नदीमा रहेका गोहीको संरक्षणका लागि पनि त्यतिकै ठूलो परिश्रम गरेका छन्। त्यही अनुभवलाई तीनदिने तालिमको आयोजना गरेर उनले निकुञ्जका कर्मचारीलाई आफ्नो अनुभव प्रदान गरेका हुन् ।

गोहीको पालनपोेषण, नियन्त्रण, नदीमा छोेड्ने विधिलगायतका विषयमा निकुञ्जका कर्मचारीलाई तालिम दिइएको हो। उनीहरुलाई खड्काले प्रशिक्षण दिएका छन्। खड्का निकुञ्जबाट बिदा भएसँगै त्यहाँका कर्मचारीलाई गोही संरक्षण गर्न सहज होस् भन्ने उद्देश्यले तालिम दिइएको हो। सो क्रममा घडीयाल गोहीलाई नदीमा छाड्नुअघि नियन्त्रणमा लिने तरिका, गोहीको नापजाँच, चिह्नसँगै छोड्ने विधि प्रत्यक्षरूपमा सिकाइएको थियो। खड्काका अनुसार तालिममा गोही प्रजनन केन्द्रका ११ गोही नियन्त्रणमा लिएर राप्ती नदीमा छाडिएको छ।

हालसम्म सो प्रजनन केन्द्रमा हुर्काइएका एक हजार ५८० गोही विभिन्न नदीमा छाडिसकिएको छ। तालिममा १७ जना गेमस्काउट सहभागी भएका थिए।

खड्काका अनुसार हाल प्रजनन केन्द्रमा ५८७ गोही छन्। यस वर्ष मात्र ६५ गोही नदीमा छाडिसकिएको छ। सन् १९७८ मा केन्द्र स्थापना भएपछि गोहीको बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छाड्न थालिएको हो ।  पछिल्लो गणनाअनुसार राप्तीमा ११८ र नारायणीमा १०१ गोही छन्। नारायणी नदीमा चालु आर्थिक वर्षमा मात्रै ५० घडियाल गोही छोडिएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>