बजार

ओखती साबुनपछि अब ‘ओखती आयुर्वेदिक तेल’ बजारमा

Banner

काठमाडौं, पुस २१–

बहुचर्चित ओखती साबुन उत्पादन गर्दै आइरहेको श्री जयकाली जडिबुटी उद्योग प्रालिले बजारमा नयाँ आयुर्वेदिक तेल बजारमा ल्याएको छ ।

स्वदेशी जडिबुटीको प्रयोग गरि उत्पादन हुँदै आएको ओखती साबुनले आफ्नो लामो अनुभवका आधारमा नयाँ उत्पादन ओखती आयुर्वेदिक तेल बजारमा ल्याएको हो ।

ओखती साबुन उत्पादक संस्था श्री जयकाली जडिबुटी उद्योग प्रालिका संस्थापक शोभाकान्त बस्यालले बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धानपछि तयार पारेर बजारमा ल्याएको नारायणी अनलाइनलाई जानकारी दिए । विभिन्‍न जडिबुटीहरुको प्रयोग गरि बजारमा ल्याइएको ओखती आयुर्वेदिक तेल सबै उमेरसमूहका लागि उपयोगी हुने संस्थापक बस्यालले जानकारी दिए।

यस्तो छ ओखती तेलको फाइदाः

यस तेलको प्रयोगबाट रुघाखोकी, नाक बन्द हुने, जोर्नी दुखेको, थकान, मांशपेसी दुखेको, मर्केको, जिउ दुख्‍ने, टाउको दुख्‍नेलगायतका विभिन्‍न समस्या समाधानका लागि प्रभावकारी हुन्छ ।

दाँत दुखेकोहरुले यो तेल दाँतभित्र राख्दा दुखाइ कम हुनुको साथै गिजा सुनिने समस्यामा पनि समाधान हुनेछ ।

यस्तै चिसो तथा निमोनियाबाट बच्नको लागी पनि यो तेल निकै उपयोगी छ । नियमित रुपमा २/३ थोपा यस तेल तातोपानीमा राखी बाफ लिनाले चिसो तथा निमोनियाको समस्याबाट बच्न सकिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>