Breaking News

चितवनमा नेकपा (ओली समूह)को कार्यकर्ता भेलाः हलमा अटेनन् सहभागी (तस्विरमा)

Banner

चितवन, पुस २०–

नेपाल कम्युनिष्ट पार्टी चितवन (ओली समूह)ले आज भरतपुरमा बृहत कार्यकर्ता भेला आयोजना गरेको छ । भरतपुर १२ स्थित स्मार्ट पार्टी प्यालेसमा आयोजित भेलालाई नेकपा सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, पोलिटब्यूरो सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, केन्द्रीय सदस्य तथा बागमती प्रदेश सह ईञ्चार्ज काशीनाथ अधिकारी, बागमती प्रदेश सचिव आनन्द पोखरेल लगायतका नेताहरुले सम्बोधन गरेका छन् । चितवनको सबैभन्दा ठूलो हल खोजेर आयोजना गरिएको कार्यक्रममा कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको छ । कार्यकर्ताहरु हलमा नअटेपछि प्यालेस बाहिर बसेर भाषण सुनेका छन ।

आजै चितवनको कृष्णपुरस्थित नेकपा महानगर पार्टी कार्यालयमा प्रचण्ड माधव समूहले पनि भेलाको आयोजना गरेको छ । नेकपामा उत्पन्न परिस्थितिकाबीच भएका कार्यक्रमलाई अर्थपूर्ण रुपमा हेरिएको छ । दुवै पक्षले आजको कार्यक्रमलाई शक्ति प्रदर्शनको रुपमा समेत लिएका छन ।

तस्विरमा हेर्नुहोस्ः

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>