Uncategorized

नारायणगढमा ४० जनाले गरे रक्तदान

Banner

भरतपुर, पुस १८-

विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ र यसको असरबीच पनि रगतको अभाव कम हुन नदिन नारायणगढमा ४० जनाले रक्तदान गरेका छन् ।

लायन्स क्वब अफ, नारायणगढ चित्रवन, लायन्स क्लब अफ बालकुमारी कलेज, लायन्स क्वब अफ नारायणगढ लालीगुँरास र बालकुमारी कलेजले सयुक्त रुपमा सो रक्तदान कार्यक्रम गरेका हुन् ।

रक्तदान गर्नेमा २० जना महिला र २० जना पुरुष रहेका छन् । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य सावधानी अपनाएर रक्तदानको आयोजना गरिएको आयोजकले जानकारी दिएको छ । सामाजिक उत्तरदायित्व बहन गर्दै नेपाल रेडक्रससँगको सहकार्यमा क्लबले रक्तदान गरेको हो । लायन्स क्लब अफ बालकुमारी कलेजका अध्यक्ष महेश प्रधानले संयोजन गरेको कार्यक्रममा स्थानीयवासी, युवा, समाजसेवी, बुद्धिजीवीलगायतको उपस्थिति थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>