राजनीति
संसदमा सम्बोधन गर्न प्रधानमन्त्रीलाई सभामुखको आग्रह

काठमाडौं, साउन १३-
सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन शाहलाई संसदमा आएर सम्बोधन गर्न आग्रह गरेका छन्। प्रधानमन्त्री शाहलाई भेटेरै अर्यालले समसामयिक विषयमा सदनलाई सम्बोधन गर्न आग्रह गरेका हुन्।
ुमैले प्रधानमन्त्रीलाई समसामयिक विषयमा सदनमा सम्बोधन गर्नुस् भनेँु, भेटबारे अर्यालले पत्रकारहरुसँग भने, ुप्रधानमन्त्रीले विचार गर्छु, भन्नुभयो।
सभामुख अर्यालले भेटमा भएका थप कुराकानीबारे भने केही खुलाएनन्। प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री शाहले अहिलेसम्म सम्बोधन गरेका छैनन्।
जेठ १७ गते आकस्मिक रूपमा रोष्टममा उक्लिएर प्रधानमन्त्री शाहले सांसदहरूका प्रश्नको सामना गरेका थिए। उक्त प्रश्नोत्तरका क्रममा शाहले नेपालले पनि धेरै ठाउँमा भारतको जग्गा मिचेको टिप्पणी गरेका थिए। शाहको टिप्पणी प्रतिनिधि सभाको रेकर्डबाट हटाउनुपर्ने र प्रधानमन्त्रीले माफी माग्नुपर्ने अडान विपक्षी दलहरुले लगातार राख्दै आएका छन्। उनीहरूले संसदको बैठक सुरू भएलगत्तै उभिने र सभामुखसँग समय लिएर लगातार प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गर्ने गरेका छन्।

























