Uncategorized

चितवनमा १५ जनाले गरे प्लाज्मा दान

Banner

चितवन, पुस १८-

चितवनमा १५ जनाले प्लाजमा थेरापी रक्तदान गरेका छन् ।

नेपाली कांग्रेस कोभिड–१९ अनुगमन समिति चितवनले शनिबार होटल ग्लोबलमा गरेको रक्तदानमा १५ जनाले रक्तदान गरेको समितिका अध्यक्ष महेन्द्र श्रेष्ठले जानकारी दिए । कोरोना संक्रमण मुक्त भएकाले प्लाजमा दान गरेका हुन् । क्षेत्रीय रक्तसञ्चार सेवा केन्द्र चितवनको प्राविधिक सहयोगमा सो कार्यक्रम गरिएको थियो ।

कार्यक्रम नेपाली कांग्रेसका नेता प्रकाशशरण महतको उपस्थितिमा भएको थियो । कार्यक्रममा महतले प्लाजमा थेरापीका लागि रक्तदान गर्ने दाताहरुलाई धन्यवाद दिँदै कोरोना संक्रमण मुक्त भएका सबैले रक्तदान गर्न आवश्यक रहेको बताए ।

कोरोना संक्रमणको उपचारका लागि हालसम्म कुनै प्रभावकारी औषधि तथा खोप उपलब्ध भएको छैन । यसैले संक्रमितको उपचारमा प्लाजमा थेरापीको प्रयोग हुँदै आएको छ । विज्ञका अनुसार कन्भेलेसेन्ट प्लाज्मा थेरापीबाट कोरोना भाइरस संक्रमणका बिरामीहरुलाई उपचार गरिन्छ । यसका लागि कोरोना संक्रमण देखिएर निको भइसकेको व्यक्तिको रगतबाट छुट्याइएको एन्टिबडी (रोगसँग लड्ने तत्व) सहितको प्लाजमा अर्को संक्रमितलाई दिइन्छ । रगतमा ५५ प्रतिशत प्लाजमा हुन्छ । यो रक्तदान कोरोना संक्रमण भएको तीन महिनासम्ममा गर्न सकिन्छ । प्लाज्माको लागि संकलन गरिएको रगत ६ महिनाभित्र प्रयोग गर्न सकिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>