चितवन विशेष

भरतपुरको बाइपास रोडमा अन्तर्राष्ट्रियस्तरको ‘फ्रयुजोन’ सञ्चालनमा

Banner

चितवन, पुस १८-

भरतपुर महानगरपालिका–११ बाइपास रोडको नहरचोक नजिकै अन्तर्राष्ट्रियस्तरको ‘फ्रयुजोन’ क्याफे सञ्चालनमा आएको छ ।

स्वस्थ्य र स्वच्छ फलफूलको जुस, आइसक्रिम, चिया तथा कफी पाउने गरी खोलिएको यस क्याफेबाट अस्पतालहरुमा विभिन्न प्रकारका फलफूल तथा जुस अर्डर गर्न सक्ने व्यवस्था गरिएको छ । भरतपुरका बैकर्स, प्राध्यापकहरुको संयुक्त लगानीमा खोलिएको यस क्याफेबाट सफा र स्वच्छ वातावरणमा फलफूलका विभिन्न जुसहरु पिउन सकिने व्यवस्था गरिएको सञ्चालक ऋषि चापागाइँले नारायणी अनलाइनलाई जानकारी दिए । उनले भरतपुरमा फलफूलको जुस पिउने राम्रो क्याफे नभएकोले यस फ्रयुजोनको स्थापना गरिएको बताए । विदेशबाट अध्ययन पूरा गरेर आएका चापागाइँले क्याफेलाई युरोप र अमेरिकातिर देखेजस्तै ढाँचाबाट सञ्चालनमा ल्याइएको जानकारी दिए । क्याफेमा आवश्यकताअनुसार फलफूलहरु पनि खरिद गर्न सकिने व्यवस्था गरिएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>