देश/प्रदेश

बालअधिकारकर्मी सल्मानी र शाहीले गरे भारतबाट बालकको उद्दार

Banner

मनिका विश्वकर्मा,

चितवन, माघ १८ –

भारतबाट एक बालकको उद्दार भएको छ । रोल्पाका सुनिल स्मृति गाउँपालिका ५ का १५ वर्षिय श्याम बिकको भारतबाट उद्दार गरिएको हो । बाँकेका बालअधिकारकर्मी ऋतिक शाही र सल्मान सल्मानीले भारतबाट बालकको उद्दार गरेका हुन् । साथै बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरमाङ, नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगर, प्रहरी निरीक्षक डिल्ली खड्का, सामाजिक कार्यकर्ता देवा बहादुर  क्षेत्री र स्वेता गुरुङको समन्वय तथा माइती नेपालको आर्थिक सहयोगमा  बालकको उद्दार गरिएको हो ।

बालअधिकारकर्मी ऋतिक शाहीका अनुसार करिव १ बर्षदेखि सम्पर्क विहिन रहेका ती बालकलाई आफ्नै गाउँका काका पर्नेले भारतको रामपुरको एक घरमा कामदारको रुपमा काम लगाएका थिए । एक महिना काम गरेपछि बालक काम गर्ने घरबाट भागेका थिए ।

भारतको प्रहरीको सम्पर्कमा पुगेका ती बालक युपी शाहजहाँपुरको राजकिय बालगृहमा एक वर्ष बसेको शाहीले जानकारी दिए । केही समयपछि राजकिय बालगृहका कर्मचारी विनोद कुमार बाल्मीकीले नेपालका बालअधिकारकर्मी मो. सल्मान सल्मानीलाई ह्वाटसवमा सम्पर्क गरि फोटो र ठेगाना पठाएका थिए । सिविन नेपालका कर्मचारी रजनी राजबंशीद्धारा बालकको ठेगाना पत्ता लगाएइको थियो । यसरी सल्मानी र शाहीको पहलमा बालकको उद्दार गरिएको थियो ।

बालकको बुवा गन्ज बहादुर विकलाई शनिवार हस्तान्त्रण गरिएको शाहीले जानकारी दिए । उनीहरुले यी बालकसहित तिन बालकको उद्दार गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>