चितवन विशेष

चितवनमा सरकारले धेरै भौतिक पूर्वाधारका योजना निर्माण गरिरहेको छ : भौतिक पूर्वाधार मन्त्री नेम्वाङ

Banner

चितवन, माघ १७-

भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङले चितवनमा सरकारले धेरै ठूलो योजनाहरु निर्माण गरिरहेको बताएका छन् ।

भरतपुरमा आज भएको जनसभालाई सम्बोधन गर्दै मन्त्री नेम्वाङले भरतपुर महानगरपालिकामा ठूलो रिङरोड बनाउने काम भइरहेको छ भने ठोरीदेखि चीन जोड्ने बाटो बनाउने योजना रहेको बताएका हुन् । उनले हुलाकी राजमार्गको काम पनि सरकार बनेपछि तीव्ररुपमा अगाडि बढिरहेको बताए । उनले सरकारले नै मुग्लिनमा आर्क ब्रिज सम्पन्न गरेका बताए । उनले भने, ‘ चितवनमा सरकारले १८ वटा पुल निर्माण गरिरहेको छ ।’

देशभरको विकास निर्माणलाई हेर्ने हो भने एक दिनमा एउटा पुल सरकारले निर्माण गरिरहेको उनले दाबी गरे । त्यस्तै सरकारले प्रतिदिन दुई किलोमिटर बाटो बनाइरहेको उनले बताए । उनले भने, ‘कोरोनाको महामारीको अवस्थामा तीन हजार किलोमिटर बनिरहेको । जनताले खोजेको यही हो ।’

देशभर सरकारले १० वटा आर्टिटेक्ट पुल बनाउने छौं । उनले भने, ‘विकास नदेख्नेहरुलाई यो के हो । यो भन्दा अरु प्रमाण अन्य हुन सक्दैन ।’ उनले ठूलो कम्युनिस्ट पार्टी निर्माणको चाहना पूरा गर्न एकीकरण अभियान पूरा गर्ने विश्वास व्यक्त गरे । मन्त्री नेम्वाङले समृद्ध नेपाल र सुखी नेपाल बनाउने अभियानलाई सफल बनाउन ठूलाठूला पूर्वाधार बनाउन अभियान थालेको बताए । उनले पार्टी भित्रको घेराबन्दीले ठूलो पार्टीको अध्यक्ष न्याय माग्न कहाँ जाने त्यही भएर प्रधानमन्त्रीले कानुन बमोजिम संसद विघटन गरेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>