चितवन विशेष

चितवनको पिप्लेमा ट्रकको ठक्करबाट एकको मृत्यु,एक घाइते

Banner

चितवन,पुस १५-

चितवनमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । अर्का एक घाइते भएका छन ।

आज साँझ चितवनको राप्ती नगरपालिका १ पिप्ले स्थित पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आइरहेको ना ६ ख ६२८६ नम्वरको ट्रकले सोही दिशाबाट आइरहेको प्रदेश नं.२–०२–००१ प ५१०४ नम्वरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

ट्रकको ठक्करबाट गम्भिर घाइते भएका मोटरसाइकल चालक महोत्तरी मनरा सिसुवा नगरपालिका ९ का ३२ बर्षिय आनन्द झा को भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते मोटरसाइकल पछाडि सवार धनुषा जनकनन्दनी गाँउपालिका ५ का २२ बर्षिय स्वेता झा को पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था मध्यम छ । ठक्कर दिने ट्रक र ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>